सिए सूर्यभक्त पोखरेल र सिए बिष्णु प्रसाद भण्डारीले संयुक्त रुपमा लेख्नुभएको पुस्तक ‘भ्यालु एडेड ट्य्कास’ बजारमा आएको छ। भाद्र २७ देखि उक्त पुस्तक बजारमा आएको हो। पछिल्ला परिमार्जन ऐनहरुलाई समेत समेटेर पुस्तक प्रकाशित गरिएको छ। यो पुस्तकको तेश्रो संस्करण हो भने यस अगाडिका संस्करणहरु विद्यार्थी माँझ लोकप्रिय भइसकेको छ।
उक्त पुस्तक विशेष गरी सिए अध्ययन गर्ने विद्यार्थी हरुलाई निकै नै उपयोगी हुने बताइएको छ। यस अघि पनि नेपाली सिए विद्यार्थी हरुले उक्त पुस्तक आफ्नो लागि निकै उपयोगी भएको प्रतिक्रिया दिएका थिए। साथै उक्त पुस्तक भ्याट अध्ययन चाहाने तथा भ्याट तथा भ्याटसम्बन्धि कार्य हरु गर्ने जो कोहीलाई उपयोगी हुने बताइएको छ।
पुस्तक नयाँ बानेश्वर स्थित प्राइम सिए, आइक्यान नजिकैको स्टेसनरी र सिए सरोकारमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। प्राइम सिएका विद्यार्थी नरहेका र आइक्यानको उक्त स्टेसनरी नदेखेकाहरुले सिए सरोकारको फेसबुक पेज www.facenook.com/casarokar मा सम्पर्क गरी उक्त किताबको माग गर्न सकिनेछ। पुस्तकको मूल्य ४९५ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्