Skip to content

एक्यानको चुनाव : कार्यकारी समितिको सदस्यमा नेपालबोर्डका सिएको उमेद्वारी

यसो त एक्यानमा नेपाल बोर्ड बाट उतिर्ण भएका भन्दा भारतीय बोर्डबाट उतिर्ण भएका हरुको बर्चश्व छ । एक्यानको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष जस्ता महत्वपूर्ण पदहरुमा भारतीय बोर्डबाट उतिर्ण सिएहरुकै बर्चश्व छ ।  महासचिव पदमा नेपाल बोर्डबाट सन्तोष लम्सालको उमेद्वारी परेको भए पनि उनीलाइ प्राप्त हुने अधिकांस भोट भारतीय बोर्डकै हुने अनुमान गरिएको छ ।  यसर्थ यसपालीको एक्यानको चुनावमा बिगतका बर्षहरु जस्तै नेपाल बोर्डका सदश्यहरुको उमेद्वारी कम छ । 
भूप राज न्यौपानेले गर्दैछन् प्रतिनिधित्व : एक्यानको चुनावमा सिए भूप राज न्यौपानेले उमेद्वारी दर्ता गराएका छन् । उनले कार्यकारेई समितिको सदस्यका लागि आफ्नो उमेद्वारी दर्ता गराएका हुन् ।  हाल ‘प्राक्टिस’ मा रहेका भूप राज न्यौपाने क्रियाशील युवा सिएको रुपमा परिचित छन् । आफु गुटगत प्रतिष्पर्धा भन्दा पनि एजेन्डामा उभिएको बताउने भूप राज न्यौपानेले यसपाली आफुलाई कार्यकारी समितिको सदस्यमा जिताउन सबैलाई आग्रह गरेका छन् ।
म फरक एजेन्डा बोकेको उमेद्वार हुन् : न्यौपाने : पछिल्लो समयमा ए क्यान को चुनाव मा उमेद्वारी दिएका अधिकांसका एउटै छन्। तर आफु फरक एजेन्डा लिएर उठ्न लागेको उनको दावी छ ।     Small and Medium Practitioner (SMP) को अवाधारनालाई एक्यानमा पुगेर जोडदार रुपमा अगाडी बढाउने र त्यसका लागि पहल गर्ने उनको भनाइ छ । पछिल्लो समयमा ‘प्राक्टिस’ मा जान खोज्ने नयाँ सिएहरुलाई अवसर कम हुँदै गएको परिप्रेक्षमा यो अवधारणा नेपालमा बिकसित गर्न सके निकै फाइदा हुने उनको भनाइ छ ।   
अध्ययन गरेर उमेद्वारी : भूप राज न्यौपानेले आफुले बोकेको एजेन्डा अर्थात ‘एसएमपी’ बारे अध्ययन गरेर आफुले उमेद्वारी दिएको बताएका छन् । विदेशमा यस बिषयमा कस्तो अभ्यास छ, नेपालमा यसको सम्भावना र चुनौती कस्तो छ भन्ने बारे गहिरो अध्ययनपछि यहि बिषयलाइ प्राथमिकताका साथ् अगाडी बढाउन बह्न्दै आफुले उमेद्वारी दिएको उनको तर्क छ ।

भूपराज न्यौपानेसँगै नेपालबोर्डका अर्का एक सिएले पनि कार्यकारी समितिको सदस्यका लागि उमेद्वारी दिएका छन्।   

प्रतिक्रिया दिनुहोस्