Skip to content

आईक्यानको शैक्षिक बिकाश नै मेरो मूल एजेन्डा हो : सिए भवनाथ दाहाल

नेपाल बोर्डबाट उतिर्ण पहिलो सिए उनी भवनाथ दाहाल। प्रष्ट बिचार, र सटिक विश्लेषण गर्छन् उनी। काउन्सिलको निर्वाचनमा सैक्षिक मुद्धाहरुलाई अघि सारेर अगाडी बढ्दैछन्।  लामो अध्यापन अनुभव र नेपाल बोर्ड कै उत्पादन हुनु ले पनि उनलाई नेपाली विधार्थीका समस्या धेरै थाहा छ भन्ने बजारको विश्लेषण छ।  आईक्यानमा अनेकौं शैक्षिक समस्याहरु भएको स्युकार्दै तिनलाई समाधान गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको भव नाथ दाहाल बताउँछन्।
 
सिए सरोकारले गत शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो मुख्य
एजेन्डा भनेकै शैक्षिक एजेन्डा भएको बताएका छन्।  “आईक्यानमा सुधार गर्नु
पर्ने ठाउँ निकै भए पनि मूलत: शैक्षिक मुद्धाहरु आफ्नो प्राथमिकतामा परेको
उनी बताउँछन्।  आईक्यानको पाठ्यक्रम, पाठ्य सामाग्री, परिक्षा लगायत विभिन्न बिषयहरुमा परिमार्जन आवश्यक भएको बताउंदै तिनलाई आफ्नो कार्यकालमा आफुले सकेको गर्ने उनले बताए।  बिगतमा आईक्यानको स्थिति र अहिलेको बिकासको स्मरण गर्दै उनले आईक्यानले सबै जसो क्षेत्रमा बिकास गरेको भए पनि अझै सुधार गर्नु पर्ने ठाउँ धेरै भएको प्रतिक्रिया दिएका छन्।
 
नेपाल बोर्डका पहिलो सिए भएका नाताले पनि उनी चुनाव जित्ने अड्कल काटिएका सिएहरु मध्येकैमा पर्छन। महालेखाको जागिर र अध्यापन कर्मलाई संगै निरन्तरता दिएका उनी आईक्यानको सदश्य भएको एक दशक भन्दा बढी भईसकेको छ।  विशेषगरी कर विषयका ज्ञाताको रुपमा चिनिने उनी नेपाल बोर्डका उत्पादनहरु बीच निकै नै लोकप्रिय पनि छन्।  आईक्यानको काउन्सिलमा पुगेर शैक्षिक मुद्धाहरुमा आफु दरो भएर उभिने बताउंदै उनले आईक्यानको शैक्षिक बिकासका लागि काउन्सिलमा आफ्नो उपस्थितिको लागि सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन्।  
“मेरो मुख्य एजेन्डा भनेकै शैक्षिक एजेन्डा हो। आईक्यानले शैक्षिक क्षेत्रमा बिकास गर्न जरुरी छ ” सिए सरोकारले आयोजना गरेको कार्यक्रममा उनले बताए।  सिए अध्ययनका लागि नेपाल मै वातावरण बनाउनु पर्ने बिषयमा समेत आफ्नो जोड भएको बताउंदै उनले शैक्षिक मुद्धाहरुमा बलियो भए मात्र आईक्यान बलियो हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्