Skip to content

आइएफआरएसका विज्ञहरुलाई नेपाल पठाउन पाकिस्तानको सिए संस्था तयार

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका महासचिव तथा आइक्यानको आइएफआरएस ( बैंक) कार्वनयन समितिका सदश्य सिए रमेश धिताल इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ पाकिस्तान (आइक्याप ) ले आयोजना गरेको आइएफआरएस सम्बन्धि वर्कशपमा सहभागी भएका छन्।  
आइक्यापले पाकिस्तानको लाहोरमा आयोजना गरेको उक्त वर्कशपमा सहभागी हुँदै उनले उक्त वर्कशपमा नेपालको प्रतिनिधित्व गरेका हुन्। आइक्यापका उपाध्यक्षसँग भेटघाट गर्दै उनले नेपालमा आइएफआरएसको कार्वनयन विषयमा छलफल समेत गरेका थए। 
भेटघाट कार्यक्रममा नेपालमा आइएफआरएसको कार्वनयन गराऊँदा विभिन्न खालका आउन सक्ने कठिनाइहरुलाई मध्यनजर गर्दै त्यसका लागि आइक्याप सहयोग गर्न तयार भएको आइक्यापका उपाध्यक्षले भनाइ ब्यक्त गरेको  धितालले सिए सरोकारलाइ जनाकारी गराएका छन्।

आइक्यान तथा एक्यानले सहयोग  मागेमा आफ्ना आइएफआरएसका विज्ञहरुलाई  नेपाल पठाउन तयार भएको समेत आइक्यापका उपाध्यक्षले जानकारी दिएको रमेश धितालले सिए सरोकारलाइ जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्