
विशेष गरी बैंकिंङ क्षेत्रमा निकै नै लामो अनुभव संघालीसकेका सिए अनल राज भट्टराई आशन्न आईक्यानको निर्वाचनका अर्का उमेद्वार हुन्। “तपाइँको एजेन्डा के छ ?” भन्ने प्रश्नमा उनले भने ” मसंग एजेन्डा होइन भिजन छ ” सिए सरोकारले गत शनिबार आयोजना गरेको निर्वाचन सम्बन्धि अन्तरकृया कार्यक्रममा उनले बोलेको उनको त्यहि ‘भिजन’ अहिले सिए बजारमा चर्चामा छ। आईक्यानमा हुने गरेका कतिपय प्रक्रियागत कमजोरी भन्दा पनि आगामी वर्षमा हामी कहाँ पुग्छौं भन्ने भिजन आफुसंग भएको उनले बताए। उनको यो भनाइ सार्वजनिक भएसँगै केहि ‘सिनियर भोटर’ का मत उनीलाई ट्रान्सफर भएको चर्चाले अहिले बजारमा राम्रो स्थान पाएको छ।

आईक्यानमा हुने कतिपय प्रक्रियागत त्रुटिलाई सुधार गर्दै आईक्यान भिजन लिएर अगाडि बढ्नु पर्नेमा अनल राज भट्टराईको जोड थियो। इन्स्टिच्युटले यस्तो गरेन वा उस्तो भएन भन्दा पनि सबै मिलेर इन्स्टिच्युटलाई कसरि बलियो बनाउने भन्नेतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ थियो। बैंकिंङ क्षेत्रमा पनि आईक्यानको भूमिका बढाउनु पर्ने बताउंदै उनले आफु काउन्सिलमा पुगेको खण्डमा आईक्यानलाई सटिक ‘भिजनका साथ अगाडि बढाउने उनको भनाइ थियो।

बिगतको भन्दा अहिलेको बजारले सिएहरुलाई त विभिन्न कर्पोरेट हाउस तथा बैंकहरुमा ल्लो तहमा राखिरहेको बताउँदै उनले सिएहरुको स्कोप बढाउन आबश्यक भएको समेत बताए। आईक्यानको निर्वाचनमा ‘हाम्रो’ भन्दा पनि राम्रो उमेद्वारलाई भोट दिन आग्रह गर्दै उनले भने,”म भन्दा राम्रो उमेद्वार अरु कोहि लाग्छ भने उसैलाई भोट दिए पनि हुन्छ। तर जसरि भए पनि आईक्यान बलियो हुनु पर्छ।
प्रतिक्रिया दिनुहोस्