
सहि काउन्सिलिङ लिनुहोस् : सिएका बारेमा तपाईं कुनै पनि सिए इन्स्टिच्युट जानु भयो प्राय : तपाईंलाई आफ्नो इन्स्टिच्युटको बारेमा वा सिएका बारेमा राम्रो पक्षको मात्र काउन्सिलिङ गरिन्छ। पढ्नु अघि सिए भईसकेका वा सिए पढिरहेका विधार्थीहरुसंग राम्रो परामर्श लिनुहोस्। परामर्श लिंदा एक भन्दा बढी व्यक्तिसंग लिंदा तपाईको निर्णय अझ राम्रो बन्न सक्छ। सिए नै सबथोक हो भन्ने खालको काउन्सिलिङमा नलाग्नुहोस्। सिए गाह्रो छ भने कुरा दिमागबाट हटाउनुहोस् तर सजिलो पनि छैन है भन्ने कुरा चाहिं नबिर्सिनुहोस्।
इन्स्टिच्युटको बारेमा बुझ्नुहोस् : कुनै पनि इन्स्टिच्युटमा भर्ना गर्दा त्यस बारे राम्रोसंग बुझ्नुहोस्। हुन त पढ्ने विधार्थीले नै हो, तर पनि कतिपय ठाउँमा विधार्थी राम्रो हुँदाहुँदै पनि इन्स्टिच्युटको कमजोरीका कारण बिधार्थी फेल भएका प्रशस्त उदाहरणहरु छन्। यस्ता कुराहरुमा ध्यान दिनुहोस्। बजारमा आफुकहाँ पढ्दै नपढेको विधार्थीलाई पास भएकोमा बधाई दिने इन्स्टिच्युटहरु पनि छन्। ख्याल गर्नुहोस्। आफ्नो पढाई राम्रो हुँदा हुँदै पनि ब्यबस्थापनले कक्षाहरु राम्रोसंग संचालन नगर्ने समस्या कति प्या इन्स्टिच्युटहरुमा छ,त्यस्ता इन्स्टिच्युटहरुको पछी नलाग्नुहोस्।
डिस्काउन्टको पछी नलाग्नुहोस् : तपाईको पढाइको कदर गर्दै कसैले डिस्काउन्ट दिन्छ भने त्यो राम्रो कुरा हो, तर धेरै डिस्काउन्ट दिएकै आधारमा कुनै पनि इन्स्टिच्युटमा नबुझी हाम नाफाल्नुहोस्। तपाईंले भर्ना गर्न लागेको इन्स्टिच्युटहरुको नतिजा बारे केलाउनुहोस्। यदि नयाँ इन्स्टिच्युट हो भने, कस्तो ब्यबस्थापनले इन्स्टिच्युट खोलेको हो बुझ्नुहोस्। रङ्गिन प्रोस्पेक्टस् वा मिठा गफको पछाडी पनि नलाग्नुहोस्।
इन्स्टिच्युटको बजार बिस्लेषण बुझ्नुहोस् : तपाइले भर्ना गर्न लागेको सिए इन्स्टिच्युटका बारेमा बजार विश्लेषण बुझ्नुहोस्। बिगतमा केहि बिधार्थीहरुलाई धोका दिएर निकै नै बिबादमा तानिएका र अहिले नाम परिवर्तन गरेर संचालन गरिएका इन्स्टिच्युटसँग सचेत रहनुहोस् । बजारमा नतिजालाई लिएर बिबादमा आईरहने र बजारमा झुटको खेती गर्ने सिए इन्स्टिच्युटहरु बारे पनि बुझ्नुहोस्। आईक्यानसँग जोडिएका विभिन्न व्यक्ति वा पधाधिकारीहरुको नाम बेचेर तपाइँलाई गलत काउन्सिलिङ गर्नेहरु पनि बजारमा प्रशस्त छन्, त्यस्ता काउन्सिलिङको पछाडी कहिल्यै नलाग्नुहोस्।
आफ्नाहरु प्रति पनि सचेत रहनुहोस : कसैले तपाईलाई कुनै सिए इन्स्टिच्युटमा भर्ना गर्न आग्रह गर्यो भने दुई पटक सोच्नुहोस्। तपाईलाई कुनै सिए इन्स्टिच्युटमा भर्ना गरिदिए बापत त्यसबाट कमिसन लिनेहरु पनि बजारमा प्रशस्तै छन्। यस्ता कुराहरुमा ध्यान पुर्याउनुहोस्।
सम्बन्धन प्राप्त संस्थाबारे पनि बुझ्नुहोस् : बजारमा आईक्यानबाट सम्बन्धन प्राप्त सिएको ट्युसन पढाउने संस्थाहरु पनि छन्। यी ट्युसन प्रदायकहरुबीच पनि सबैको कुरा सुन्नुहोस् तर निर्णय आफैंले सोचेर लिनुहोस्। बिगतमा ‘भ्रमपूर्ण’ जानकारी सार्वजनिक रुपमा ल्याएर बिधार्थीको आँखामा छारो हाल्ने इन्स्टिच्युटहरु पनि यहि सम्बन्धन लिने संस्थाहरु भित्रै छन्। सचेत रहनुहोस्। इन्स्टिच्युटको नतिजाका बारेमा राम्रोसंग बुझ्नुहोस्। तर आफ्नो नतिजा भन्दै रङ्गीन फ्लेक्समा राखिएका तश्वीर तिनै इन्स्टिच्युटका बिधार्थीहरु हुन् त ? भन्ने कुरा चाहिं बुझ्नुहोस्। तपाइंले अध्ययन गर्न खोज्नु भएको सिए इन्स्टिच्युट मा को को सिए छन् भन्ने राम्रो संग बुझ्नुहोस्।
बजारराम्रो संग घुम्नुहोस् : बजारमा सिएको ट्युसन प्रदान गर्ने विभिन्न ट्युसन प्रदायक संस्थाहरु छन्। पढ्नु अघि एक पटक सबैजसो ठाउँमा घुम्नुहोस्। बिगतका नतिजाहरु हेर्नुहोस्। त्यहाँ कार्यरत सिएसँग परामर्श लिनुहोस्। आईक्यान आफैं जानुहोस् , त्यहाँ पनि बिधार्थी काउन्सिलिङ गर्ने छुट्टै बिभाग छ, त्यहाँ पनि सिए बारे र आईक्यान बारे बुझ्नुहोस्।
आईक्यान वा आइसीएआई ? : यो बिगत लामो समय देखिको बहस हो। यो प्रश्न जो कोहिलाई सोधियो भने आ-आफ्ना धारणाहरु आउँछन्। यसका लागि सबैभन्दा राम्रो भनेको दुवै बोर्ड पढ्नेहरुसँग परामर्श लिनुहोस्। आईक्यान वा आइसीएआई पढ्नुका विभिन्न फाइदा तथा बेफाइदाहरुबारे बुझ्नुहोस्। त्यसपछी आफैं निर्णय लिनुहोस्।
प्रतिक्रिया दिनुहोस्