Skip to content

अन्तत : आइक्यानले दियो स्पष्टिकरण ‘लेखापरीक्षण शुल्क भ्याट बाहेक हो’

बढेको लेखापरीक्षण शुल्क भ्याट सहितको वा भ्याट बाहेकको हो भन्ने बारेमा अन्तत : आइक्यानले स्पष्टिकरण दिएको छ । आइक्यानले आफ्नो आधिकारिक वेव साइटमा सुचना निकाल्दै लेखा परिक्षण शुल्क भ्याट बाहेक भएको बताएको हो । यस अघि सिएहरु आइक्यानले तोकेको शुल्क भ्याट सहित हो वा भ्याट बाहेक हो भन्ने दोधारमा रहेको र आइक्यानले स्पष्ट रुपमा यो कुरालाई सम्बोधन गर्न नसकेको भन्दै सिए सरोकारले समाचार प्रकाशित गरेको थियो । आइक्यान नबोलेको खण्डमा लेखा परिक्षण शुल्क  भ्याट सहितको भएको तर्क दिंदै केहि सिएहरुले त्यहि अनुसार विभिन्न ठाउँमा लेखापरिक्षणका लागि दरखास्त दिएका थिए भने केहि सिएहरुले भने शुल्क  भ्याट बाहेक कै हुनुपर्ने तर्क राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्