Skip to content

आइसीएआइको नेपाल सेन्टरमा परीक्षार्थीको हस्ताक्षर नमिलेपछि…

आइसीएआइ अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीको परिक्षा दिइरहेका एक नेपाली विद्यार्थीलाई सहि नमिलेको भन्दै सहि निजकै हो भने प्रमाणित गर्न आदेश दिएको छ । आइसीएआइका कोहि एक सदस्यले उक्त सहि नीज विद्यार्थीकै हो भनी प्रमाणित गरी ल्याउन आइसीएआइ प्रतिनिधिले उक्त विद्यार्थीलाई आदेश दिएका छन् । 
आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उनी भन्छन्, ‘सहि नमिलेको भन्दै सहि नीजकै हो भनी प्रमाणित गरी ल्याउन भनिएको छ । पर्सीको परिक्षा अगावै उक्त चिठी बनाउनु पर्ने भएकाले परीक्षाको समयमा तनावमा छु ।’
यता केहि सिएहरुले भने यस्तो घटना सामान्य भएको बताएका छन् । फोटो वा सहि नमिलेको खण्डमा ओभरसिज सेन्टरमा यस्तो हुने गरेको र आइसीएआइले आफ्ना सदश्यहरुले प्रमाणित गराई समस्याको समाधान गर्ने गरेको सिएहरुको भनाइ छ ।
आइसीएआइले दोश्रो र तेश्रो तहको परिक्षा संचालन गरिरहेको छ भने नेपालमा पनि आइसीएआइको सेन्टर छ ।  

प्रतिक्रिया दिनुहोस्