
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले आइक्यान कर्मचारीलाई उदृत गर्दै छापेको समाचार विभिन्न मिडियामार्फत सार्वजनिक भएपछि उक्त समाचारबारेमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । केहि सिएहरुले पत्रकारले राम्ररी नबुझी लेखेको आरोप लगाएका छन् भने कतिले आइक्यानका कर्मचारीले पत्रकारलाई गलत जानकारी दिएको आरोप लगाएका छन् ।
समाचारमा भनिएजस्तो सिए पढाइ खर्चिलो छैन :
समाचारमा सिएको पढाइ ‘खर्चिलो’ भएको बताइएको छ । जवकी प्लस टु पछी पढाइ हुने विभिन्न कोर्षहरुमध्ये सिए सस्तो कोर्ष भएको भन्दै आइक्यानले विभिन्न ठाउँमा प्रचारप्रसार गरिरहेको छ । समाचारमा सिएको पढाइ सक्न १५०००० देखि ३५०००० सम्म लाग्ने बताएको छ । डाक्टर, इन्जिनियर सरह वा सोभन्दा माथि मानिने सिएको उपाधि लिन गरिएको खर्च कसरी महँगो भयो भन्ने प्रश्न सरोकारवालाहरुले राखेका छन् ।
उतिर्ण भएकामध्ये ५०% विदेशमा छैनन्
समाचारमा उतिर्ण भएका एक हजार जनामध्ये ५० प्रतिशत विदेशमा रहेको बताइएको छ । जवकी नेपाल चार्टड एकाउन्टेन्टेस् संघ (एक्यान) को केहि समय अगाडी भएको निर्वाचनमा साढे ६ सयले मतदान गरेका थिए । यसले समाचारमा भनीएको जस्तो उतिर्ण भएकाहरुमध्ये ५० % विदेशमा छन् भन्ने कुरा गलत हो भन्ने प्रमाणित गर्छ ।
उतिर्ण गरेका विद्यार्थी कसरी भए ?
समाचारमा लेखिएको छ, ‘ चार्टर्ड एकाउन्टेन्टको अध्यापन तथा नियमन गर्ने नेपाल चार्टर्ड
एकाउन्टेन्टस संस्था (आइक्यान) का अनुसार खर्चिलो मानिने सो विषय उत्तीर्ण
गरेका एक हजार जनामध्ये ५० प्रतिशत विद्यार्थी विदेशमा कार्यरत छन् ।’ सीए उत्तीर्ण भइसकेपछि नीज कसरी विद्यार्थी भयो र ? यसमा आइक्यानका कर्मचारीले बुझाउने जानेनन् वा पत्रकारले बुझेनन् भन्ने चर्चा चलेको छ ।
एकाउन्टेन्टस संस्था (आइक्यान) का अनुसार खर्चिलो मानिने सो विषय उत्तीर्ण
गरेका एक हजार जनामध्ये ५० प्रतिशत विद्यार्थी विदेशमा कार्यरत छन् ।’ सीए उत्तीर्ण भइसकेपछि नीज कसरी विद्यार्थी भयो र ? यसमा आइक्यानका कर्मचारीले बुझाउने जानेनन् वा पत्रकारले बुझेनन् भन्ने चर्चा चलेको छ ।
सम्बन्धन प्राप्त १५ संस्थामा सिएको पढाइ हुँदैन:
समाचारमा लेखिएको छ, ‘ संस्थाबाट सम्बन्धन प्राप्त करिब १५ इन्स्टिच्युटले सो विषय अध्यापन गराइरहेका छन् ।’ जुन सरासर गलत छ । आइक्यानबाट सम्बन्धन लिएकाहरुमध्ये जम्मा ८ वटाले सम्बन्धन नवीकरण गरेका छन् भने सम्बन्धन प्राप्त १५ संस्थामा सिएको पढाइ हुँदैन ।
करियर एक्स्पोकै नाम गलत :
समाचारमा करियर एक्स्पोको नामनै गलत लेखिएको छ । समाचारमा ‘सि करियर एक्स्पो लेखिएको छ । जवकी एक्स्पोको नाम आइक्यान सिए करियर एक्स्पो हो । तलको तश्वीर हेर्नुहोस् :

यस्तो छ पूरा समाचार :
काठमाडौँ, जेठ २ । नेपालमा करिब पाँच हजारको सङ्ख्यामा चार्टर्ड एकाउन्टेन्ट (सिए)को माग भए पनि अहिले एक हजार जना पनि कार्यरत छैनन् ।
चार्टर्ड एकाउन्टेन्टको अध्यापन तथा नियमन गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) का अनुसार खर्चिलो मानिने सो विषय उत्तीर्ण गरेका एक हजार जनामध्ये ५० प्रतिशत विद्यार्थी विदेशमा कार्यरत छन् । आइक्यानले आयोजना गरेको दुईदिने ‘सि करियर एक्स्पो’मा विद्यार्थीको आकर्षण बढिरहेको पाइएको छ ।
संस्थाका अनुसार शनिबारदेखि सुरु भएको सो एक्स्पोमा करिब १०० विद्यार्थी सिएको अध्ययनबारे जानकारी लिन आइसकेका छन् । आइक्यानका शिक्षा विभाग अधिकृत माधव कक्षपतिले सिएमा विद्यार्थीको आकर्षण बढ्दै गएको तथा हाल काठमाडौँ र उपत्यकाबाहिर गरी करिब १० हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।
संस्थाबाट सम्बन्धन प्राप्त करिब १५ इन्स्टिच्युटले सो विषय अध्यापन गराइरहेका छन् । करिब ५ वर्षे सो अवधिको पढाइ सक्न एक लाख ५० हजारदेखि तीन लाख ५० हजारसम्म लाग्छ । सिए अध्ययन गर्ने विद्यार्थी लेखापरीक्षण, कर, वाणिज्य कानुन, व्यवस्थापनजस्ता विषयमा दक्ष हुन्छन् । अहिले वार्षिक ७० जनाले सो विषय उत्तीर्ण गर्ने गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्