
गरेर ठूलो खल्लबली आत्तिएर डराऊँदै
अचम्म भो अचम्म भो भन्दै हतारिँदै।
कराई चिच्याई अनि लरबराई
आयौ तिमी जब हड़बड़ाई।
बडो अनौठो गतिले सल्बलाउँदै
नलागी पत्तो त्यसै अलमलाउँदै।
गएर सातो झन् झनै डराउँदै
शरीर काँपी पाउ नै लरबराउँदै।
नपाई आधार यताउता कतै
कराउँदै फेरि भागीभागी असाध्य भै।
अतासका साथ यताउता अनि
प्रलय प्रलय भनी हतासिँदै पनि।
उडेर धूलो जब एक छत्त भो
बढेर अन्यौल सब विछट्ट भो।
पहाड फुटेर जब चट्टान वृष्टि भो
भूकम्प भनी मन झंसग भो।
गरेर ढलपल हल्लिए कति
बचाऊ बचाऊ भनी हतारिए अति।
कता छ बाटो यो कुन फसाद भो
दसैदसाले सब अन्धकार भो।
ढलिरहेको घरले कति कति
थिचिए च्यापिए भयो क्षति अति।
यता उता फेरि तामास भो
उड्यो धूलो एक विनास भो।
-२०७२ बैशाख २७
(पहिलो पोस्टबाट)
प्रतिक्रिया दिनुहोस्