Skip to content

अव एक्यान र एनकासाले अलग्गै राहत संकलन गर्ने

गत बैसाख १२ गते गएको भूकम्पपिडित हरुलाई राहत दिने उद्देश्यका साथ सुरु गरिएको राहत संकलनमा एक्यान र एनकासाले संयुक्त रुपमा राहत संकलन गरेकोमा अव भने एक्यानले अलग्गै रुपमा राहत संकलन गर्ने भएको छ।  सिए सरोकारसंग कुराकानी गर्दै एक्यानका महासचिव सिए रमेश धितालले एक्यानले अलग्गै राहत संकलन गर्ने बताउनु भएको हो।  भूकम्प पिडितहरुलाई राहत दिने उद्द्देश्यका साथ  आईक्यान, एक्यान, एनाकासा, भूकम्प पिडित राहत कोष दिल्ली लगायत सिए क्षेत्रका विभिन्न संघ संस्थाहरुले राहत संकलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्