Skip to content

अडानको १०औं स्थापना दिवस सम्पन्न

नेपाल अडिटर्स एसोसिए सन् (अडान)  स्थापना कालको १०औं बर्ष मनाएको छ।  अडानले विविध कार्यक्रम गरी आफ्नो १०औं स्थापना दिवस मनाएको हो । सप्ताहब्यापी विभिन्न कार्यक्रम समेत गरेको अडानले बुधाबार  काठमाडौँमा एक विशेष कार्यक्रम गरी स्थापनाको १०औं वर्ष गाँठ भव्यताका साथ मनाएको हो। 
 
अडानको दशौँ बार्षिक उत्सव कार्यक्रम अर्थमन्त्रीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए भने अडान अध्यक्ष मोहन राज रेग्मीले ११ औं बर्षमा प्रवेश गरेको अवसरमा ११ वटा मैनबत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए।  निकैनै भव्य तरिकाले सम्पन्न भएको उक्त कार्यक्रममा आइक्यानका पार्षदहरु , धितोपत्रबोर्डका प्रतिनिधिहरु, राष्ट्र बैंकका गवर्नर लगायत निकैनै विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।  कार्यक्रम बबहर्महल स्थित कार्की बैङ्कोएटमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै अडानका अध्यक्ष मोहन राज रेग्मीले आफुहरु सधैंनै ब्यबसायिक हक हितका लागि भएको बताएका छन्।  अडानसंग सम्भावना र चुनौती दुवै भएको बताउंदै रेग्मीले १० बर्षमा अडानले निकै नै प्रगति गरेको र आउँदा दिनहरुमा धेरै संस्थागतहरुसंग सहकार्य गरी अडानलाइ एक अन्तराश्टिर्य स्तरको संस्था बनाउने बताए।
कार्यक्रममा लेखापरिक्षकहरुबाट विद्यावारिधि गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो भने आइक्यानका अध्यक्ष र उपाध्यक्षलाइ समेत सम्मान गरिएको थियो।  कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. राम शरण महतले बोलेर नभई काम गरेर देखाउनु पर्ने बेला आएको भनाइ ब्यक्त गरेका थिए।
कार्यक्रममा बक्ताहरुले अडानलाइ १०औं स्थापना कालको अवसरमा बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा उल्लेखनिय लेखापरीक्षकहरुको उपस्थिति थियो। अडानले आफ्नो स्थापना दिवसको अवसरमा हरेक बर्ष यस्तै कायक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्