Skip to content

म नेपालको तराई/मधेस भू-भागमा बस्ने मधेसी, सिए शैलेश ओझाको लेख

नेपालको भौगोलिक बनावट हामी सबैलाई थाहा छ । हिमाल, पहाड र तराई ।अधिकांस भू-भाग पहाडले ओगेटेको छ । तराई र हिमालको भू-भाग पहाडभन्दा कम छ । पहाडको जन जीवन  कठिनाईयुक्त भएको हुदा त्यहाँका मानिसहरु तराई झर्न थालेको इतिहास मात्र नभई मेरै माता पिताको बंश साछी छ I

तराईमा मलेरिया र औलोको बिगबिगी हुदा तराई बासिले पहाडबाट झर्नेलाइ सम्मानसहित जनजिबन फेरी नया किसिमबाट सुरुवात गर्ने बातावरण बनाउन साथ दिए । सम्भबत: यो क्रम धेरै समयसम्म चलिरह्यो  ।

क्रमस मलेरिया र औलो उन्मुलन भयो । तराईको जनसंख्यामा क्रमिक रुपमा वृद्धि हुँदै आयो । पहाडका डाडाहरुमा मानवीय बस्तीहरु घट्न थाले । जब पहाडका मानिस तराई आए उनीहरुलाई सजिलोको लागि पहाडिया भन्ने गरियो । त्यसैगरी  पहाडका मानिसले तराईकालाइ तराईबासी जसको अर्को नाम हो मधेसबासी अर्थात् मधेसी I तेसैले यो पहाडी र मधेसी न कुनै जात, जति वा थर नै हो ? यो त केवल बोलिचालीमा सहजता ल्याउनको लागि प्रयोग गरिएको सब्द मात्र हो I त्यस अर्थमा म इटहरी , जुन नेपालको तराई भू-भागमा पर्छ ,मा जन्मे हुर्केको आधारमा तराईबासी अर्थात् मधेसी हु ! यदि यहि नै मेरो पहिचान हो भने म गर्व  साथ भन्न सक्छु म नेपालको तराई/मधेस भू-भागमा बस्ने मधेसी हहुँ। 
मैले पनि नेपालको संबिधान २०७२ अध्यन गरें। धेरैपटक अध्यन गरें। पाना पल्टाई पल्टाई पढें।  दोहोर्यायेर पढें I भाग , दफा , उपदफा  सम्पूर्ण पढें।  कहिँपनि देखिन मधेसी मात्र त के कुनै पनि जातजाति , भाषाभाषीलाइ भिन्न अधिकारको व्यवस्था गरेको I हामी सम्पूर्ण नेपाली हौँ  र नेपाल हामी सम्पूर्णको साझा देश हो भनेर प्रस्ट लेखिएको छ। 

नागरिक अधिकार सबैलाई समान छ I राष्ट्रले राष्ट्र र रास्ट्रीयताको संरक्षणको लागि बाहिरी मुलुकबाट आउने व्यक्तिको लागि छुट्टै नागरिकताको ब्याख्या गरेको छ।  स्पष्ट  रुपमा भन्नुपर्दा १३ पुस्ता देखिनै नेपालमा जन्मेको इतिहास भएको व्यक्ति नेपाल छाडेर अर्को देशमा जांदा उसको पनि पूर्ण रुपमा नेपाली हुने अधिकारमा कमि आएको छ I त्यसै आर्थमा भन्नुपर्दा के त सबै नेपाल मूलका नेपाली जो विदेशमा छन उनीहरुले पनि नाजायेज र आतंककारी  मुलुक आन्दोलन गर्ने ? स्मरण रहोस् तपाईहरु नेपालको अंगिकृत नागरिक भन्दा बढी हामी विदेशमा रहने नेपाली मूलका नेपालीसंग धेरै र स्वच्छ राष्ट्रप्रेम र नेपालप्रति राष्ट्रभक्ति छ I बिगतमा गएको भुकुम्प र वर्तमानमा तपाई हरुको यो अमानवीय आन्दोलनका कारण हाम्रा नेपाली दाजुभाइ दिदिबहिनीले पाएको दु:ख कष्टमा गरेको आत्मिय सहयोग ज्वलन्त उदहारण हो। 

तपाईहरुले खोजेको चाही के हो ? स्पस्ट रुपमा भन्नुस न ! किन तपाईहरुको मागलाई बादलभित्र राखेर आन्दोलन गर्नु हुन्छ ? तपाईहरुको पनि त परिवार होला।  नातागोता र आफ्नो गाउं अनि समाज। पक्कै पनि यो नाकाबन्दीले गर्दा उनीहरुको घरमा खानेकुरा नपाक्ला।  साना नानीहरु विद्यालय  जान नपाउलान्  I तपाईहरु (नेताजी) को पनि त आफ्नै छोराछोरी वा नातीनातिनी होलान नि ? समस्या त तपाईहरुलाई पनि परेको होला I कि सन्तान छैनन् ? छैनन् भने केको लागि यो बकबास राजनीति र आन्दोलन ? एक पटक आफ्नै घर र परिवारलाइ हेर्नुस् नेताजीहरु।  

छातीमा हात राखेर सोचनुस I प्राप्ति के हो र केका लागि ? बिना स्पस्ट उदेश्य  गन्तब्य भेटिन्न नेताजी।  अब कति र कहिलेसम्म ? बन्द गर्नुस तपाईहरुको यो नाटक अनि सामन्ती विचार।  यो २१औं  सताब्दी हो I विश्वले लामो फट्को मारीसकेको छ।  संकुचित विचारलाइ त्यागी उदारवादी र परिबर्तनसिल भएर अघि बढ्नुस I तपाईको यो सक्ति जुन आज नकारात्मक विचारतर्फ केन्द्रित गर्नुभएको छ त्यस्लाइ सकारात्मकतिर प्रयोग गर्नुस I एक पटक जीवन पाउनुभएको छ I यसको सदुपयोग गर्नुस सहि हिसाबले। 

यदि तपाई आफु सहि मार्गमा हिड्न सक्नुहुन्न भने तपाईलाइ कुनै अधिकार छैन अरुको जिबन बर्बाद पर्ने I थरकै आधारमा मधेसी भन्ने हो भने मेरा धेरै साथीहरु र अग्रजहरुको थर तपाईहरु (नेताजी) को थरसँग  मेल खान्छ।  तर अचम्म उहाहरुको विचार नेताजी हरुको विचारमा आकास जमिनको फरक छ ? उहाँहरुको सामाजिक सद्भावको कुरा गर्ने हो भने नेताजीहरु चकित पर्नुहुन्छ। 

आखिरी यस्तो भिन्नता  किन र कसरि ? उहाहरुको बौद्धिक स्तरको कुरा गरेर म यहाँ उहाहरुलाइ ग्लानी गर्न चाहन्न I माफ गर्नुस्  साथीहरु र अग्रज हरु मैले यहाँ भन्नेपर्छ तपाईहरुको मानवता र राष्ट्र प्रेमको कुरा I आज नेपाललाइ तपाईहरुको खाचो हिजोको भन्दा धेरै छ।  आउनुस खुलेर आफ्ना विचारहरु राख्नुस।  नेपाल राष्ट्र र नेपालीप्रतिको तपाईहरुको माया प्रेम र सद्भावको खुलेरै बुलन्द गर्नुस। 

समय आएको छ।  पछि पश्चाताप गर्ने बाटो नराख्नुस । आज देशले तपाईहरुको सामुहिक प्रयासबाट निकास पाउने प्रबल सम्भावना छ I के हिमाल वा हिमाली , के पहाड वा पहाडिया , के तराई वा तराईबासी , के मधेस वा मधेसी, हामी सम्पूर्ण नेपाली हौँ  र सधै रही रहने छौ I नेपाल रहे न नेपाली I नेपाली एकता रहे न नेपाल I सयौ फुलका थुंगा  हामी एउटै माला नेपाली I आउनुस हातमा हात मिलाउ , काधमा काध मिलाउ र जुटौ हाम्रो राष्ट्र र राष्ट्रियताको संरक्षणको लागि I आगे तपाईको मर्जी I
शैलेस ओझा

प्रतिक्रिया दिनुहोस्