
लुम्बिनी बैंकसँग मर्जर सम्झौता गरेरपनि भाँडिएको नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको मञ्जुश्री फाइनान्सका संस्थापक सिईओ नवराज थापा झण्डै १० करोड घोटाला गरी फरार भएका छन् । २ बर्षअघि नै घोटालाको सूचना बाहिर आएपछी सुटुक्क राजिनामा दिएर बाहिरिएका थापा यतिखेर भारतको नयाँ दिल्लीमा ब्यापार गरेर बसिरहेको छन् । उनी दिल्लीमै पढेका चाटर्ड एकाउन्टेन्ट हुन् ।
थापाले आफुले कुस्त कमाइसकेपछी छाड्ने बेलामा आफुसँगै पहिले लक्ष्मी बैंक र बैंक अफ एशियामा काम गरेका सन्तोष निरौलालाई सिईओ बनाए । जबकी निरौला आफै लक्ष्मी बैंकमा छँदा समेत मञ्जुश्रीबाट करोडौं कर्जा लिएर रियलस्टेटको बिजनेस गर्थे । हाल मञ्जुश्रीका सिईओ रहेका निरौलाले त्यहाँ आउनुअघि आफ्नै नामा लिएको साढे २ करोड कर्जा तिरेर सिईओ बनेका हुन् । त्यसो त उनले अरुको नाममा करिब साढे ३ करोडको सेयर पनि किनेका छन् । आफै लगानी गरेर सिईओ बनेका नवराज थापाले आफु छाड्नुअघि निरौलालाई आफ् नो स्वामित्वको डेढ करोडको सेयर किन्न लगाएका थिए । त्यसबाहेक अन्य लगानीकर्ताको साधारण सेयर समेत गरी साढे ३ करोडको सेयर किनेका छन् ।
लगानीकर्ता आफै सिईओ हुन नपाउने प्रावधानविपरित सन्तोष निरौला साढे ३ करोडको सेयर किनेर मञ्जुश्रीको सिईओ बनेका हुन् । मञ्जुश्री फाइनान्समा करोडौं रुपैंया घोटाला भएको बिषयमा राष्ट्र बैंकले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । तर, त्यसैबेला कागजात सबै लुकाएर सिईओ थापा ब्ँँहिरिए । फाइनान्सका अध्यक्ष रहेका पूर्व मुख्य सचिब दामोदर गौतमले पहुँच देखाएर राष्ट्र बैंकको अनुसन्धान प्रभावित पार्न खोजेपछी राष्ट्र बैंकले यो केस नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको थियो । सिआईबीले पूर्व सिईओ थापा र ऋणी रामशरण भण्डारीलाई वारेन्ट काटेको भए पनि ऋणी भण्डारी मात्र पक्राउ परेका छन् ।
पक्राउ परेका भण्डारीसहित नौजनालाई धितो नै नराखी तत्कालीन सिइओ थापाले ९ करोड कर्जा दिएको र ३ करोड कमिशन खाएको बताइएको छ । राष्ट्र बैंकको छानबिनम विनाधितो कर्जा प्रवाह भएको खुलेपछि ऋणी बिभिन्न स्थानको कमसल जग्गा धितो राखेका थिए । भण्डारीको समुहले नुवाकोट ककनीको बिभिन्न भीर भएको जग्गा धितो राखेर अनुसन्धानलाई छक्याउन खोजेको थियो ।
जसमा रामशरणको नाममा मात्र २ करोड ४५ लाख कर्जा रहेको र अन्य बिभिन्न ब्यक्तिको नाममा छ । प्रहरीले पक्राउ गरी हिरासतमा राखेका भण्डारीले आफ्नो नाममा रहेको साढे २ करोड कर्जामध्ये अरु तिरेको र ७० लाख मात्र बा“की रहेको छ । राष्ट्र बैंकले छानबिन अघि बढाएपछि तत्कालीन सिइओ थापाले गत वर्È फाइनान्सबाट राजीनामा दिएका थिए । आफू कारबाहीमा पर्ने थाहा पाएका उनले विदेश पढ्न जाने भन्दै जागिर छाडेको फाइनान्सका एक कर्मचारीले बताए । अधिकांश ऋणी फाइनान्सको सम्पर्कबाहिर छन् ।
बानेश्वरको मुल सडकमा रहेको मञ्जुश्री फाइनान्स बसेको घरको घरधनी पनि घोटाला काण्डका एक सदस्य हुन् । घरधनी बिजयकुमार श्रेष्ठले पनि तत्कालिन सिईओ थापास“ग मिलेर करोडौं रुपैंया कर्जा लिएर रियलस्टेटमा थापासँग पार्टनरशीप गरेका थिए । थापा आफै पनि मन्जुश्री फाइनान्स स्थापना गर्ने बेलामा ५० लाखको सेयर किनेर सिईओ बनेका हुन । थापासँगको मिलेमतोमा घोटाला गर्नेमा फाइनान्सका सन्चालक सुमन अधिकारी र अर्का ऋणी सन्तोष अधिकारी पनि छन् । अधिकारी पनि अहिले सम्पर्कबाहिर छन् । सन्चालक सुमन अधिकारी र नवराज थापा मिलेर इन्साईडर ल्यान्डिङ गर्ने गरेका थिए । फाइनान्सको आईपिओ निष्काशन गर्ने बेलामा सुमन र नवराजले ३ करोड रुपैंया बिभिन्न ब्यक्तिको नाममा निकालेर आफैले आईपीओ हालेका थिए ।
उनीहरुले सो सेयर आधा आधा गरेको र फाइनान्सका अध्यक्ष गौतमलाई समेत केही रकम भाग लगाएको चर्चा यसअघि नै थियो । सिईओ थापाले ५० लाखसम्मको कर्जा आफ्नो अधिकारमा भए पनि सन्तोष अधिकारीको समुहलाई उनले बिभिन्न नाममा अधिकारभन्दा बाहिरको रकम समेत दिएको पाइएको छ । थापाले ६ बर्ष सिईओ हुँदा ऋणी ग्राहकहरुस“ग थुप्रै रकम कमिशन खाएको र सो कार्यमा सन्चालक सुमन अधिकारीको मिलेमतो रहेको अनुसनधानमा देखिएको छ । नवराज थापा तिनै ब्यक्ति हुन उनले नै लुम्बिनी बैंकस“गको मर्जर भा“डेका थिए । सन्चालकहरुलाई भड्काएर उनले लुम्बिनीसँग मर्जर भाँडेर आफुले धेरै इन्साईडर ल्यान्डिङ गरी करोडौं कमिशन भारत पलायन भएका हुन् । उनले आफुले राजिनामा दिने बेलामा आफु अध्ययनको लागि जागिर छाड्न लागेको बताएका थिए । तर, उनले गरेको अनियमितताको बिषयमा राष्ट्र बैंकले अनुसन्धान शुरु गरेलगत्तै उनी राजिनामा दिएर बाहिरीएका हुन् । राष्ट्र बैंकले मञ्जुश्री फाइनान्सको अनियमितताबारे तीन वर्Èअघि नै जानकारी पाएको थियो ।
विनाधितो कर्जा दिने सिइओ र ऋणीलाई कारबाही नगरी बैंकले धितो राखेर कर्जा असुल्न निर्देशन दि“दा फाइनान्समा समस्या भएको हो । धेरै समस्या भएपछि राष्ट्र बैंकले नै सिइओ थापा र ऋणीलाई पक्रेर कारबाही गर्न सिआइबीलाई सिफारिस गरेको थियो । अनियमितता र कर्मचारीहरुको विवादका कारण यसअघि नै सन्चालक गिता उप्रेतीले राजिनामा दिएर बाहिरिएका छन भने बोर्डभित्र पनि विवाद रहेको छ । प्रहरीले थापालाई भारतबाटै पक्राउ गरेर ल्याउने प्रयास गरिरहेको छ । यसअघि पनि भारतबाट बैकिङ कसुरका अभियुक्तहरु योगेन्द्र श्रेष्ठ लगायतका व्यक्तिलाई ल्याइसकिएको छ । त्यस्तै सन्चालक सुमन अधिकारी र ऋणी सन्तोष अधिकारीलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।
त्यस्तै कतिपय अनियमितताको घट्नामा सिईओ सीए सन्तोष निरौलाको संलग्नता देखिएको र थापासंग उनको सम्बन्धका कारण पनि उनलाई प्रहरीले अनुसन्धानको घेरामा तानेको छ । मञ्जुश्री फाईनान्स गत पुस मसान्तसम्ममा खुद मुनाफा रु.१ करोड ९१ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ३ सय ४४ प्रतिशत बढी हो । सञ्चालन मुनाफा ३ सय ५३ प्रतिशत र खुद व्याज आम्दानी ७१ प्रतिशत बढेकाले मुनाफा बढ्न पुगेको हो । कम्पनीले समिक्षा अवधिमा राईट व्याक रु. ५४ लाख उठाउन सफल भएको छ । त्यसैगरी गत आवमा ४ दशमलव ४ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ४ दशमकलव ५७ प्रतिशत रहेको छ ।
त्यसैगरी कुबेर फाइनान्सका पूर्वसिइओ कमलराज सुवेदीविरुद्धध सिआइबीले बैंकिङ कसुरमा मुद्दा दायर गरेको छ । करिब ४ करोड अनियमितता अभियोगमा उनीविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर भएको हो । सुवेदी २४ मंसिरमा पक्राउ परेका थिए । सुरुमा ६८ लाख हिनामिनामा अनुसन्धान गर्दा करिब ४ करोड अनियमितता गरेको खुलेको छ ।
![]() |
सौजन्य : शेयर बजार |
प्रतिक्रिया दिनुहोस्