सिए जनक पोखरेल को फर्म ‘ Mantax Consulting’ ब्रिटिस एकाउन्टेन्सी अवार्डको मनोनयनमा परेको छ। विभिन्न विधामा प्रधान गरिने अवार्ड अन्तर्गत उक्त फर्म Accountancy Practice Start-up Award विधामा मनोनयनमा परेको हो। उक्त अवार्डको घोषणा भने आउँदो नोभेम्बर महिनामा हुने बताइएको छ। विश्व भर का लेखा ब्यबसायीहरुले निकै नै महत्व का साथ हेर्ने अवार्ड को मनोनयन मा नेपाल बाट सिए जनक पोखरेल को फर्म परेको हो। अन्य जानकारी का लागि यहाँ गर्नुहोस्।
सिए जनक पोखरेलको फर्म यस अगाडि पनि बेलायतको ‘ टप रेटेड फर्म’ मा पर्न सफल भएको थियो। आइसीएआइ बाट सन् २००१ मा सिए उतिर्ण गरेका उनको आइक्यान सदश्यता नम्बर १५८ हो। बिगतमा कृषि बिकास बैंक र एनबि बैंकमा समेत उनले ९ बर्ष अगाडि एसीसीए समेत उतिर्ण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्