Skip to content

नयाँ दिल्लीमा हेल्पिंङ ह्यान्ड्सको दोस्रो साधारण सभा हुँदै

ऋषि राम अधिकारी 
दिल्ली ब्यूरो, सीए सरोकार 

दिल्लीमा अध्ययन गरिरहेका नेपाली बिध्यार्थीको संगठन एनएसएचएच ‘नेपलिज स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले’ आफ्नो
दोश्रो बार्षिक उत्सव तथा साधारण सभा यहि सेप्टेम्बर- ६
 तारिखका दिन राजाराम मोहन रोय मेमोरिअल ट्रस्ट, आइटिओमा  दिनको २:३० देखि साँझ ९ बजेसम्म सम्पन्न
गर्ने भएको छ। साधारण सभासंगै विभिन्न संस्कृतिक कार्यक्रम पनि हुने र यसको लागि अहिलेदेखि नै तयारीका साथ अघि बढिरहेको संस्थाका सचिव अमित खत्रीले सीए सरोकारलाइ जानकारी दिएका छन्। 


अध्यक्ष मदन बस्नेतका अनुसार दिल्लीकै इतिहाँसमा पहिलो पटक संस्थाका प्रतिनिधिहरु
खुल्ला मतदानको मध्यमबाट चुनिने छ। 
हालसम्म दिल्लीमा रहेका सम्पूर्ण नेपाली विद्यार्थी संगठनहरुले आफ्ना प्रतिनिधिहरु
कोठाको चार पर्खाल भित्र मात्र सिमित रहेर मिलेमतोमा चुन्ने गरेको र यसरी चुनिएका
प्रतिनिधिहरुले सम्पूर्ण बिध्यार्थीहरुको भावना समेट्न नसक्ने हुनाले संस्थाले खुल्ला मतदानबाट नै प्रतिनिधि चुन्ने बताएका छन्।



 यसका साथै संस्थाको उच्च ५ प्रतिनिधि
हुनको लागि दिल्लीमा अध्ययन गर्दै आएका विद्यार्थी जसले न्यूनतम ६ महिना संस्थासँग आबद्ध रहेर विद्यार्थीहरुको हकहितका लागि काम गरेको हुनुपर्ने भएपनि मतदान गर्नको
लागि र ५ उच्च 
प्रतिनिधि बाहेक अन्य सदस्य समितिका लागि दिल्लीमा बसेर अध्ययन गर्ने सम्पूर्ण बिध्यार्थीहरु मान्य हुने पनि उनले सीए
सरोकारलाइ जानकारी गराए। 

कार्यक्रममा आइसीएआइनेपाल दूताबासका प्रतिनिधिहरुसीए नागेन्द्र साह लगाएत अन्य संस्थाहरुबाट पनि अतिथिहरु रहनुहुने पनि जानकारी गरिएको छन्। पियस राठोरको मोटिभेस्नल स्पीच र अल इन्डिया रयांग शैली चौधरीको मनोबल बढाउने स्पीच कार्यक्रमको मुख्य आकर्षण रहेको र सांस्कृतिक कार्यक्रम अन्तर्गत दिल्लीका विभिन्न ब्याण्डहरु लगायत अन्य नेपाली विद्यार्थीहरुको पनि प्रस्तुति रहने संस्थाका प्रतिनिधि सन्तोष
ज्ञवालीले सीए सरोकारलाइ जानकारी गराएका छन्
। 

प्रतिक्रिया दिनुहोस्