
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को उपाध्यक्ष पदमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षका अर्का प्रत्यासी अमन उप्रेतीलाई पछाडी पार्दै उनी एक्यानको उपाध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । यस अघि उनले कोषाध्यक्षका रुपमा एक्यानको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २ बर्षे कार्यकालका लागि उपाध्यक्ष निर्वाचित भएका हुन् ।
एक्यानको नयाँ अध्यक्षमा भने हरि कुमार सिलवाल निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी किरण डंगोललाई पछी पार्दै उनी एक्यानको नयाँ अध्यक्ष भएका हुन् । उनले शनिबार मध्यरातमै अध्यक्ष पदका लागि पद तथा गोपनियताको सफत समेत खाइसकेका छन् ।
यता कोषाध्यक्षमा दुर्गा ज्ञवाली निर्वाचित भएका छन् ।महासचिव पदमा भने सन्तोष लम्साल गोलाप्रथाबाट चुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस्