Skip to content

अरु कुन प्यानलका हुन् थाहा छैन मचाहिं ‘आईक्यान’ प्यानलको हुँ : सिए सुनील जाकिबन्जा

सुनील जाकिबन्जा। आशन्न आईक्यानको निर्वाचनका उमेद्वार। लामो समय टेलिकम क्षेत्रमाकाम गरेर अहिले प्राक्टिसमा बसेका उनी, आईक्यानको निर्वाचनमा हुने प्यानलबाजी वा राजनीतिकरणलाई गलत अभ्यास भन्छन्।  सिए सरोकारले गत साता आयोजना गरेको निर्वाचन सम्बन्धि कार्यक्रममा पनि उनले सटिक रुपमा आफु प्यानलबाजीको बिरोधि भएको बताएका थिए।  कार्यक्रममा उनले आफु यो वा त्यो प्यानलको भन्दा पनि सबैजना आईक्यानको प्यानलको हुनुपर्ने बताएका थिए। 
यस्तैमा सोमबार उनी नयाँ बानेश्वरमा भेटिए।  चुनाव कतिको लागेको छ सुनील सर ? भन्ने हाम्रो प्रश्नमा उनी मुस्कुराउँदै बोले, ठिकै । त्यसपछी सुरु भयो चुनावी गफगाफ। कति भोट पुगे ? सिए सरोकारको अर्को प्रश्नमा उनले भने “यति उति भन्दा पनि साथीहरुले सहयोग गर्ने भएका छन्, म चुनाव जित्छु भन्नेमा छु।”  प्यानलले नै जित्छ भन्ने हल्ला छ नि बजारमा भन्ने अर्को प्रश्नको उत्तर दिंदै उनी भन्छन् ,” म प्यानालाबाजीमा विश्वास गर्दिन र म कसैको प्यानलमा पर्दिन। यदि म कुनै प्यानलको हुँ भने बस् आईक्यानको प्यानलको मान्छे हुँ।  मलाई कसैसंग नाम जोडेको मन पर्दैन। 
आईक्यानको चुनावका एजेन्डाहरु के के छन् भन्ने हाम्रो प्रश्नमा जाकिबन्जाले भने ” आईक्यान हाम्रो मातृ संस्था हो।  आफ्नी आमालाई राम्री बनाउनु सबै सन्तानको कर्तब्य हो।  म त्यहि गर्छु आईक्यानमा।  हाम्रो एजेन्डा त आईक्यानको एनले नै तय गरेको छ।  हामीले गर्नु पर्ने सबै कुरा त्यहीं नै छ।  हामीले त बस् त्यस एनलाई आधार बनाएर कसरि काम गर्ने हो त्यसैमा ध्यान दिनु पर्छ। 
आईक्यानको नयाँ काउन्सिल बनेसंगै थुप्रै  निर्णयहरु बन्ने र भत्कने भन्ने हल्ला छ नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् , ” राम्रा कुराहरु बलियो रुपमा अगाडी बढ्नु पर्छ, नराम्रा कुराहरु लेखा व्यवसायको हितमा र कानुन संगत हुनुपर्छ , कुरा यति हो , यो वा त्यो बहानामा आईक्यानमा राजनीति हावी हुन दिनु हुँदैन।  आईक्यान एउटा रिसर्च सेन्टर बन्नुपर्छ।  नयाँ नयाँ अवसरहरुको सिर्जना गरिनु पर्छ।  कुनै पनि परिवर्तन समय सापेक्ष र लेखा ब्यबसायको हीतमा हुनु पर्छ।
आईक्यानमा राजनीति गर्न वा काउन्सिल सदश्य भएँ भनेर गफ गर्न मात्र जाने होइन।  त्यहाँ गएर लेखा व्यवसायका लागि काम गर्ने हो।  मैले केहि जानेको हुँला , अर्कोले एर्को कुरा जानेको होला , सबै मिलेर व्यवसायका पक्षमा काम गर्नु पर्छ ।  उनले भने। 
सिनियरका केहि भोटहरु तपाइँलाई ट्रान्सफर भएका छन् रे नि हो ? भन्ने हाम्रो प्रश्नमा उनी मुस्कुराउँदै बोले ,” म त सबैको साथी हुँ।  मेरो  लगभग सबैजसो उमेद्वारसंग राम्रो मित्रता छ , मैले चुनाव जित्छु भन्नेमा  म विश्वस्त छु।  कुरा त्यति हो।  अव कति भोट भन्ने कुरा त निर्वाचनको परिणामले नै देखाउँ छ।
आईक्यानमा चुनावलाई लिएर विभिन्न खालको राजनीति भईरहेको भन्ने कुरालाई कसरि लिनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनले भने ,” म राजनीति गर्न त्यहाँ जाने होइन।  र मलाई राजनीति गरेर अध्यक्ष वा उपाध्यक्ष बन्नु पनि छैन।  म आईक्यानलाई के गर्नु पर्छ भन्ने कुरा जान्दछु र त्यसै अनुआरको काम गर्छु। आइक्यानका ‘डिसिजन मेकिंङ प्रोसेस’ मा सदश्यको सहभागिता हुनुपर्छ।  भर्खर १८ बर्षको  भयौं भनेर माफी पाइदैन।  हामीले कतिपय गर्नु पर्ने कुरा पनि गर्न सकेका छैनौं।  अबको काउन्सिलमा मेरो निकै नै ‘स्फुर्त सहभागिता’ पाउनुहुनेछ। हाम्रो उदेश्य भनेको आफुसंग भएको ज्ञानका आधारबाट अरुबाट सम्मानित बन्नु हो।   उनी मुस्कुराए।

प्रतिक्रिया दिनुहोस्