Skip to content

परिवर्तन को विकल्प छैन ! सिए शैलेश ओझाको लेख

हामीलाई  थाहा छ देशमा जे भईराखेको छ त्यो ठिक होइन।  मुखदर्शक  भएर बस्दा हामीलाई हाम्रा सन्ततिले सराप्ने छन् । व्यवस्थामा परिवर्तन आउनुले मात्र परिवर्तनको आधार तयार गर्छ भन्ने हाम्रो सोचाई गलत साबित भएको छ । व्यवस्था आफैमा नराम्रो वा गलत हुँदैन । व्यवस्थालाई  सहि रुपमा लागु गर्ने अधिकार सम्पन व्यक्ति गलत हुँदाको परिणाम हो आजको नेपाल । प्रजातन्त्र गलत होईन । यसको अर्को बिकल्प पनि छैन ।

शाहा, राणा, प्रजातन्त्र, शाहा, परिवर्तनका लडाई/आन्दोलन, राजा सहितको प्रजातन्त्र, भूमिगत आन्दोलन, राज संस्था बिनाको प्रजातन्त्र, गणतन्त्र । यी सम्पूर्ण परिवर्तन १०० बर्ष भित्र नै भएका हुन् । हामी र हाम्रा बाउबाजेको पुस्ताले यो प्रत्यक्ष रुपमा अवलोकन गरेको कुरा हो । अब प्रश्न आउंछ, यीमध्ये कुन व्यवस्था नेपाल सुहाउंदो थियो/ छ र कुन व्यवस्थामा नेपालले सहि रुपमा परिवर्तनको महसुस गर्यो?

प्रजातन्त्रले दिएको मताधिकारको सदुपयोग गरी हामी सम्पूर्ण नेपाली जनताले हाम्रा प्रतिनिधिलाई  व्यबस्थापिका (सम्भिधान सभा) मा पठाएका नै हौ । बिगत ३० बर्षमा कति पटक चुनाब भए अनि कति पटक उही व्यक्ति जनप्रतिनिधिको रुपमा संविधानसभामा पुगे । आश्चर्यको कुरा त के छ भने प्रजातान्त्रिक व्यवस्था स्थापनाको लडाईमा देश बिगार्ने भनेर भनिएका उ बेलाका पंचायती कालका माननीयहरुको प्रत्यक्ष संलग्नता देखियो आजको व्यबस्थापिकामा । के यो परिवर्तन हो त?

अब अर्को पाटो हेरौं  । बिगत ३० बर्षमा कति पटक सरकारमा परिवर्तन आए । प्रत्येक पार्टीका सभासदहरु क्रमस: सरकारमा पालैपालो पुगेका छन्  भन्दा गलत नहोला । यदि सबै पार्टीका जनप्रतिनिधिको उदेश्य देशमा परिवर्तन लियाउने र देश बिकाश गर्ने थियो भने अधिकार सम्पन सरकारमा हुँदा किन गरेनन्? हामी ३ करोड जनतालाई यिनीहरुले जवाफ दिन सक्छन् ?

जनादेश पाएर सम्भिधान सभामा पुगेको जनप्रतिनिधिको सरकारले आपसी समझदारीमा तोकेको समयमा संविधान लेख्ने कार्य समापन नगर्दा मानविय नैतिकताको आधारमा आफुलाई सो कार्यको लागि असमर्थक ठानी पदच्युत (राजिनामा) गर्नु पर्ने हो । यसो नहुदा सरकारमा भएका व्यक्तिको नैतिकतामा गहकिलो प्रश्न खडा हुन्छ ।  त्यति मात्र होइन आफु अनुकुल साकार वा राजनैतिक पार्टीमा कार्य नहुदा  नयाँ पार्टी खोलेर घृणित राजनीति गर्नु आफैमा लजास्पद कुरा हो । राजनीति विचारको हुनु पर्छ , व्यक्तिको होइन ।  व्यक्तिको राजनीति निरङ्कुशता भन्दा पनि खतरनाक हुन्छ ।

नेपालमा अदृस्य कुराले मनोबैगानिक तनाबको सिर्जना गरि हामी सोझा जनता माझमा भ्रम सिर्जना गरी  जनताको नैतिक समर्थन आफ्नो राजनैतिक पार्टी तर्फ आकर्सित गर्ने परिपाटीको नराम्रो खेल देखिएको छ I कोहि भन्छन त्यो पार्टी भारतमुखी , चीनमुखी , अमेरिकामुखी , युरोपमुखी आदि इत्यादी । अनि लाल्छना लगाइन्छ बिदेशी शक्तिको प्रभाबमा यस्तो गरियो होसियार ।

यी सम्पूर्ण देशहरु संयुक्त राष्ट्र शंघका सदस्य हुन् । इनिहरुले सार्वभम सत्ता भएको आर्को देशकोआन्तरिक मामिलामा संयुक्त राष्ट्र शंघको प्रत्यक्ष अनुरोध नपाई हस्तक्षप गर्दैन । तपाईहरुलाई  यो कुरा राम्रोसंग थाहा छ नेताजीहरु ? कृपया आफ्नो घृणित स्वार्थको लागि नेपालको छबि अन्तरास्ट्रिय स्तरमा नकारात्मक हुने गरी नभुक्नुस । तपाईका पनि सन्तान होलान। श्राद्ध गर्नेसम्म त बाटो रखनुस? देशको शान्ति सुरक्षा दिनानु दिन खच्की रहेको छ । नाबालक, बैश्क, बृद्ध, अपांग, शिक्क्षक, बैध (डाक्टर) आदि ईत्यादी  माथि अपराध भएका घटनाहरु दिनानुदिन समाचारमा पढ्न र सुन्न पाइन्छ । त्यतिमात्र कहाँ हो र सो घटनालाई राजनैतिक कारण गरी  आफ्नो पार्टीको आवाजलाई झन् ठुलो पार्ने कोसिस गरिन्छ । बिडम्बना दोषीलाइ कारबाही भन्दा पनि उसको रिहाको लागि सरकार तल्लिन हुन्छ । के नेपालमा न्यापालिका छैन?

न्यापालिकालाई  राजनीतिकरण किन? नेपालमा संस्थागत र ब्यबस्थिथ भ्रस्टाचार छ भन्दा गलत नहोला । अनि प्रत्येक भ्रस्टाचारी कुनै न कुनै रुपमामा कुराको जालो जस्तै, एक आपसमा जोडिएका छन्  । जबसम्म यो जालो फुटेर जनताले सत्यतथ्य बुज्दैनन्  तब सम्म नेपाल र नेपालीले सहि परिवर्तनको अनुभव गर्न पाउदैनन् भन्ने मेरो बुझाई छ ।

अब कुरा आउछ के इनै जन प्रतिनिधिबाट नेपाल र नेपालीले परिवर्तन पाउछन त? तपाई नै एक पटक बिगत ३० बर्षको कार्य र गतिबिधिलाई मुल्यांकन गर्नुस्  । तपाईको हजुरबाले जस्तो तपाई आफुलाई सुरक्षित ठान्नु हुन्छ? मैले तपाईको जिउको मात्र सुरक्षा भनेको होइन । तपाईको सन्तानको भबिस्य र  तपाईको बुढेशकालको पनि हो । के तपाईको सन्तानले उचित सिक्षा पाएको छ? के तपाईको सन्तानले पछि गएर नेपालमै कमाई गरेर उसको परिवारको पालन पोषण गर्न सक्छ ? के तपाईका हातखुट्टा बसेपछि तपाईले आफ्नो बुढेशकालमा सरकारबाट हेरदेखको अपेक्षा राख्नुभएको छ? तपाई बिरामी पर्दा उचीत् र सुलब रुपमा सही औषधि उपचारको अपेक्षा गर्न सक्नुहुन्छ? के तपाईले बिहान बेलुका खाने खाद्य पदार्थको गुणस्तरमा सन्तुस्ट हुन् हुन्छ? के तपाईले उचित मूल्यमा निरन्तर पाइनेगरी इन्धन र खाने पानीको अपेक्षा गर्न सक्नुहुन्छ? यी त केहि उदाहरण मात्र हुन् । यस्ता धेरै आधारभूत कुराहरुको जिम्मा सरकारले लिन सक्नुपर्छ । परिवर्तन त्यति  सजिलो छैन । हामी सम्पूर्ण नेपाली जनता परिवर्तनको लागि आतुर छौ । परिवर्तनको अर्को बिकल्प पनि छैन । परिवर्तन व्यवस्थाको होइन । हामीसंग प्रजातन्त्र जस्तो दरो व्यवस्था छ । आज नेपालको परिवर्तन भनेको सोचको परिवर्तन हो । नेपाललाई  नयाँ  र सही गतिमा दौडाउँन सक्ने अगुवाको परिवर्तन हो ।

नेपालको माटो सुहाउदो नेपालीलेनै गर्न सक्ने विकासका योजना र त्यसलाई कार्वानयन गर्न सक्ने सोच भएका दुरदर्शी राज नेताको आबस्यकताको परिवर्तन हो । नेपालको रास्ट्रिय स्वाभिमानलाइ विश्वसामु उच्च राखी नेपाल र नेपालीको गुमेको अन्तरास्ट्रिय सम्मानलाई पुन: कायम राख्न सक्ने राष्ट्रप्रेमी व्यक्तिको परिवर्तन हो । हिमाल , पहाड , तराई र मेची देखि महाकालीसम्म सम्पूर्ण राष्ट्रप्रेमी नेपालीलाइ एकै सुत्रमा बाधी राख्न सक्ने राज नेताको परिवर्तन हो । नेपाल विभिन्न भाषा , भेशी , जाति , धर्म भएका स्वाभिमानी व्यक्तिको देश हो ।

यी प्रत्येक स्वाभिमानी व्यक्तिको सामुहिक स्वाभिमान नै हामी नेपालीको राष्ट्रिय स्वाभिमान हो । यस राष्ट्रिय स्वाभिमानलाइ श्रद्धा गर्दै यसको सुरक्षा र सम्रक्षण गर्न सक्ने अगुवाको परिवर्तन हो । हामी आज परिवर्तनको लागि आतुर छौ । परिवर्तन गर्न सक्ने पनि हामी माझ नै छ । तर हामीबीचमा अरुमा निर्भर हुने परम्परागत सोचाई छ जस्तो लाग्छ । यो सोचाईमा परिवर्तन गर्नु हाम्रो पहिलो र ठुलो प्रयास हुनेछ ।

जब हामी यो सोचाईको जालबाट बाहिर आउछौ अनि हामीलाई प्रस्ट थाहा हुन्छ कतै तपाई नै त होइन त्यो परिवर्तन ल्याउन सक्ने राजनेता? जबसम्म यौटा खेलाडीले आफु भन्दा सफल खेलाडी संग प्रतिस्पर्धा गर्दैन तबसम्म उसलाई के थाहा कतै उ त्यो भन्दा बढि राम्रो खेल पो खेल्छ कि? कुरा साधारण छ तर यसको गहिराई बुझ्न खोज्नुस । त्यसैले आज देशको अवस्था र ३ करोड राष्ट्रप्रेमी नेपालीको मागलाई  आत्मसाथ गर्दै आउनुस तपाईको त्यो पर निर्भरको जाल तोडेर । हातमा हात, काधमा काध मिलाउनुस् । हामी मिलेमा असम्भब केहि छैन ।

हामी मिल्न नसक्नु नै हाम्रो कमजोरी हो । येही कमजोरीको फाइदा उठाईरहेकाछन्  आजका यी  खराब नेताहरुले । परिवर्तन गर्नुपर्छ हाम्रै बेलामा । हाम्रा सन्ततिलाई हामीप्रति नकारात्मक सोचाई राख्ने ठाउँ नदेउ ।

शैलेश ओझा ACA, FCCA
बेलायेत

प्रतिक्रिया दिनुहोस्