Skip to content

सन्दर्भ :मेगा मर्जर : चार्टड एकाउन्टेन्ट फर्महरुसँग आशयपत्र मागिएपनि किन भएन डिडिए ?

पाँचवटा बैंक मर्ज हुँदा डेढ महिनामा सबैको डिडीए गर्ने भन्ने सम्झौता थियो । जस अनुसार पुस २४ गते डीडीए नियुक्त गर्ने कुरा थियो । चार्टड एकाउन्टेन्ट फर्महरुसँग आशयपत्र पनि मागिएको थियो । ३४ गतेको संयुक्त मर्जर कमिटीले डिडिए गर्ने कम्पनी छान्ने भनिएकोमा कुमारीको कुरा आएपछी त्यत्तिकै रोकियो । डिडिएको आशयपत्र अझै खोलिएको छैन र सम्झौतापछी संयुक्त मर्जर कमिटीको बैठक समेत अहिलेसम्म बस्न सकेको छैन ।
कुमारीमा पनि विवाद र एनसीसीमा पनि विवाद भएका कारण मर्जरको अन्तिम निर्णयको बेला झनै मारामार हुने अवस्था छ । एनसीसीमा सबैभन्दा धेरै सेयर रहेको एनबी समुह कुमारीलाई गाभ्ने कुरामा असन्तुष्ट छ भने कुमारीमा धेरै स्वामित्व रहेको राणा समुहमा पनि यो मर्जरमा असन्तुष्ट छ । यसर्थ मर्जर सफल हुन गाह्रो भए पनि निरौलाको लोभका कारण अन्य ४ विकास बैंकलाई समेत बाहिरिन बाध्य बनाईदिएको छ ।
राष्ट्र बैंकको शेयर बजारका बामियाहरुसँगको मिलेमतोका कारण ठुला मर्जर भाँडिने खतरा :
राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको व्यक्तिगत स्वार्थका कारण एनसीसी बैंक झनै धराशायी बन्ने भएको छ । राष्ट्र बैंकको तर्फबाट व्यवस्थापन सम्हालेका मुकुन्द क्षेत्रीलाई हटाएर निरौलालाई बैंकको अध्यक्ष बनाएपछी उनले त्यसभित्र केही सिमित खेलाडीहरुको स्वार्थमा कुमारी बैंकलाई जबर्जस्ती गाभ्न खोजेका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा एनसीसीको नेतृत्वमा हुन लागेको ६ वटा कम्पनीको मर्जर भाँडीएर ‘पुन मुसिको भवः’को अवस्थामा पुग्ने भएको छ ।
सेयर बजारमा खलनायक खेलाडीका रुपमा पहिचान बनाएका निर्मल प्रधान र उनकै केही सहयोगीको प्रलोभनमा फसेका निरौलाले एनसीसी र अन्य ४ वटा राष्ट्रियस्तरका विकासैं कको मर्जर भाँड्न  कुमारीलाई तत्यहाँ भित्र्याएका  हुन् । यसअघि एनसीसीको नेतृत्वमा रहेका राष्ट्र बैंकका निर्देशक मुकुन्द क्षेत्रीकै पालामा ४ वटा विकास बैंकहरुसँग मर्जरकोकुरा सबै फाईनल भैसकेको थियो । त्यसबिचमा गभर्नरसँग कुरा मिलाएर निरौला दोस्रोपटक एनसीसी आएका हुन् । त्यसअघि पनि उनी एक बर्ष एनसीसीमा बसिसकेका थिए । कार्यकारी निर्देशकमा पदोन्नती भएपछी बाहिरिएका उनी गभर्नरसँग  कुरा मिलाएर बिशिष्ट श्रेणीको अधिकृत हुँदाहुँदै  निजी क्षेत्रको विवादास्पद बैंक हेर्न आईपुगेका हुन् ।
निरौला दोस्रोपटक एनसीसी आउनुमा उनलाई कुनै स्वार्थ समुहले उपयोग गरेको आशंका लगानीकर्ताहरुले गरेका छन् । शिवनाथ पाण्डेको पालादेखि कुरा भएर क्षेत्रीले सबै कुरा मिलाईसकेको बेला मर्जर सम्झौता गर्न निरौला आईपुगेका थिए । तर, निरौला आएपछी उनले विकास बैंकहरु गाभेर बलियो बैंक बनाउनेभन्दा पनि आफु राष्ट्र बैंकबाट रिटायर हुन लागेको बेला जसरी हुन्छ पैसा कमाउन खोजेको स्रोतको दाबी छ । त्यसका लागि एनसीसी बैंकलाई एनबी समुहबाट फुत्काएर आफ्नो कब्जामा ल्याइसकेको अवस्थामा राष्ट्र बैंकको हस्तक्षेपबाट बाहिरिनु परेका प्रधान समुहले निरौलालाई उपयोग गरी एनसीसी बैंकमा कुमारीलाई मिसाउन खोजेका छन् ।
कुमारी बैंकको बोर्डले निर्णय गर्न नमान्दा मिनबहादुर गुरुङ, शोधाकान्त ढकाल र सन्तोषकुमार लामासहित
प्रधान बसेर प्रपन्च मिलाएका थिए । त्यसपछी निरौलाले एउटा होटलमा बोलाएर कुमारीका अध्यक्ष नुरप्रताप राणालाई धम्क्याएपछी उनले बैंकको अध्यक्ष पदबाट नै राजिनामा दिएका थिए । प्रधानका ज्वाइ“ रसेन्द्र मल्लको कुमारीमा सन्चालक छन र बैंकको मर्जरपछी प्रधान अध्यक्ष बन्ने भन्दै हिँडेका छन् ।
राष्ट्र बैंकको व्यवस्थापनमा रहेको बैंकले नेतृत्व गरेको एनसीसीले लिड गरेर ठुलो बैंक बन्नका लागि मर्जर गरिन लागे पनि कुमारी बैंक समेत त्यसमा मिसिने भएपछी झनै समस्या थपिएको छ । यसअघि मर्जरको सम्झौता गरेका सुप्रिम डेभलपमेन्ट, इन्टरनेशनल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट र एपेक्स डेभलपमेन्ट बैंकभित्र पनि आफु आफुमा विवाद छन् । ति सबै बैंकमा विवाद भएका कारण नै एनसीसीसँग गाभिंदा  सजिलो हुन्छ भनेर चुप लागेका थिए । एनसीसीमा प्रधान समुह र एनबी समुह अल्पमतमा पर्दा उनीहरुको भूमिका नहुने भएकाले सबै विकास बैंकहरु चुप थिए । तर, त्यस्तो अवस्थामा कुमारी बैंक पनि मिसिन आईपुगेपछी अब त्यसमा प्रधान समुहको बर्चस्व रहने देखिएको छ । यहि कारण विकास बैंकहरु सबै बिच्किएका छन् ।
एनसीसीसँग  मर्जरको लागि सम्झौता गरेका चारवटै विकास बैंकबाट एक एकजना प्रतिनिधी राखेर लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा मर्जर समिति बनाइएको छ । सो मर्जर समितिको बैठकमा राष्ट्र बैंकका कार्यकारी निर्देशक पदमा रहेका र डेपुटी गभर्नरको दौडमा रहेका निरौलाले सबै बैंकका प्रतिनिधीहरुलाई धम्क्याए । कुमारी बैंकलाई जसरी भए पनि गाभ्नुपर्ने भन्दै उनले तत्काल निर्णय गर्दा दवाब दिएका थिए । जबकी त्यति ठुलो बिषयमा निर्णय गर्नुअघि बैठकको एजेन्डाबारे समेत उनीहरुलाई थाहा दिइएको थिएन । शुक्रवार बेलुकी बैठक राखेर कुमारीलाई मिसाउने निर्णय गर्ने र आईतबार नै सम्झौता गरिहाल्ने गरी उनले दवाब दिएका थिए ।
जबकी कुमारीमा समेत विवाद रहेको, अध्यक्षले राजिनामा दिएको बेला निरौलाले यसरी दवाब दिनुमा ठुलै रकमको खेल भएको अनुमान गरिएको थियो । निरौलाको प्रस्ताव नमान्ने केही बैंकका अध्यक्षलाईं उनले
धम्कीपूर्ण भाषा प्रयोग गर्दै ‘तपाईंहरुको बैंकमा असर पर्ला, याद राख्नुस’ भनेर धम्क्याएका थिए । तथापी विकास बैंकहरुले आफ्नो बोर्डमा छलफल गर्नुपर्ने र निर्णय गरेर आउनुपर्ने भन्दै बिरोध गर्दा उनले एकदिनमा सबै काम सकिसक्नुपर्ने समय दिएर दवाब जारी राखेका थिए ।
एक दिन पनि ढिलाई नगरी सम्झौता गरिहाल्न हतार गरेका निरौलाको नियतमा खोट रहेको अनुमान सहजै गर्न सकिने बैठकका एक सहभागिले बताए । पछिल्लो समय निर्मल प्रधानसँग निरौलाको बसउठ अनि मिनबहादुर गुरुङ र शोभाकान्त ढकालसँगको मिलेमतोमा कुमारीलाई एनसीसीमा गाभ्ने प्रपञ्च भएको हो । यसबाट निरौलाले पनि गतिलै फाइदा लिन खोजेको आशंका गरिएको छ । तर, राष्ट्र बैंकले दवाब दिएर मर्जर गराउन खोजे पनि झन यसअघि हुने भनिएका् मर्जर समेत भाँडिने अवस्थामा पुगेको बताइएको छ ।
‘एक पैसा लगानी नभएको व्यक्ति आएर दवाब दिएकै भरमा हामीले कसरी आफ्नो करोडौं लगानी बुझाउने ?’, कुमारी बैंकका एक संस्थापकले  भने । स्वाप रेसियो तय नभएको र बोनस सेयरको निर्णय अघि नै मर्जर सम्झौता गरेका कारण कुमारीमा ठुलो विवाद उठेको छ । मर्जरका लागि हुने बिशेष साधारणसभामा कुमारीबाटै प्रस्ताव फेल हुने आशंका छन् । यस्तै समस्या अन्य विकास बैंकहरुमा पनि छ । एनसीसीसँग मात्र मर्जरको अधिकार दिएर पठाएकोमा कुमारी पनि मिसिएपछी आफ्नो अस्तित्व र भूमिका झनै खुम्चने भन्दै विकास बैंकहरुका संस्थापकहरु पनि बिच्किएका छन् । उनीहरुले साधारणसभामा मर्जर प्रस्ताव पास हुन नदिने भन्दै निहुँ  खोजिसकेका छन् ।लामो प्रयासपछी ‘मेगा मर्जर’ भनिन थालिएको ६ वटा राष्ट्रियस्तरका बैंकहरुको यो मर्जर भाँडिएमा राष्ट्र बैंकको नेतृत्व नै असफल भएको मानिन्छ । शेयर बजार साप्ताहिकमा खबर छ। 

प्रतिक्रिया दिनुहोस्