Skip to content

दिल्लीको सीए इन्स्टिच्युट बजारमा इडुग्लोबको आगमन

ऋषिराम अधिकारी 
दिल्ली ब्यूरो 


उर्जाशील युवाहरुको कमि नरहेको उदाहरण दिल्लीको लक्ष्मीनगरमा प्रशस्तै देख्न पाईन्छ। त्यस्तै उदाहरण हिजो लक्ष्मीनगरमा देखियो जहाँ नेपालबाट सीए पढ्न आएका दुई युवाको एउटा प्रेरणादायी काम।  करिब ६ बर्ष पहिले सीए अध्ययन गर्न आएका दांङका प्रवेश पोख्रेल र ८ बर्ष पहिले आएका कलैया, बाराका चिरञ्जीवी आचार्यले, दुईजनाको सहकार्यमा इडुग्लोब नामक सीए इन्स्टिच्युट लक्ष्मीनगरमा खोलेका छन्। 
हिजो एक कार्यक्रम बीच औपचारिक रुपमा  इन्स्टिच्युटको  उद्धघाटन गरिएको थियो। एन.के सिंहले उद्धघाटन गरेको उक्त कार्यक्रममा सीए, सीए विद्यार्थी, सीए इन्स्टिच्युटहरुका संचालक, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 
आईसीएआई अन्तर्गतको पहिलो चरण सिपिटी र दोश्रो आईपीसीसीको अध्ययन-अध्यापनको व्यवस्था लिएर दिल्लीको सीए इन्स्टिच्युटहरु संग प्रतिस्प्रधा गर्न इडुग्लोब लागि परेको छ। सुरुवाती दिन लक्ष्मीनगरमा संघर्ष गरेर एउटा ब्राण्ड बनाएर नेपालमा पनि बिस्तार गर्ने लक्ष्य रहेको इडुग्लोबका संचालक सीए प्रवेश पोख्रेलले सीए सरोकार संगको  कुराकानीमा बताएका छन्। ऊनि भन्छन्- ‘संमृद्ध चार्टर्ड एकाउन्टेन्सी प्रोफेसनलाई उचित ढंगले अगाडी बढाउनको लागि हाम्रो यो पहिलो कदम हो। २०१४ मा सीए भएदेखि नै मलाई पढाउनमा निकै रूचि लाग्थ्यो र त्यसको फलस्वरूप मैले आफुले केही गर्ने उदेश्यले यो इन्स्टिच्युट खोलेको हो।  पैसा कमाउने भन्दा नि म क्षेत्रमा नेपालीलाई चिनाउन चाहन्छु।’ 
इडुग्लोबका अर्का संचालक चिरञ्जीवी आचार्य भन्छन्- ‘कम लगानी र धेरै परिश्रमको उपयोगले निश्चय नै हामी एउटा बिन्दुमाँ पुग्न सफल हुन्छौ भन्ने मेरो मान्यता छ। फुल-टाइम अध्यापन गर्ने हाम्रो हेतु रहेकोले विद्यार्थीहरुको साथ र आफ्नो आत्मवलले हामीले केही गर्न सक्छौ भन्ने हाम्रो विश्वास छ। २ बर्ष भित्र लक्ष्मीनगरमा एउटा राम्रो स्थान बनाउने हाम्रो लक्ष्य रहेको छ र त्यसको लागि हामी दिनरात खटिरहेका छौं।’ 
प्राईम सीए र एन.एस एकेडेमी यस अघि स्थापित नेपाली संचालकहरुको सीए इन्स्टिच्युट हो जसले दिल्लीमा अहिले सम्म आईपुग्दा सीए शैक्षिक क्षेत्रमा राम्रो स्थान बनाएको छ। 

प्रतिक्रिया दिनुहोस्