Skip to content

फोकलको मासिक भेला कार्यक्रम सम्पन्न


ऋषि आर. अधिकारी 
दिल्ली ब्यूरो 
नयाँ दिल्लीको सी.ए. नगरी लक्ष्मीनगरमा रही सी.ए. अध्ययन गरिरहेका साहित्यिक तथा
क्रियाशील विद्यार्थीहरुको अनौपचारिक समूह
फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचरअर्थात् फोकलको यस अप्रिल महिनाको
मासिक भेला कार्यक्रम यही अप्रिलको तेश्रो आइतबार १७ अप्रिल २०१६ मा सफलताका साथ सम्पन्न
भएको छ । प्राइम सी.ए.को हलमा सम्पन्न गरिएको उक्त मासिक भेला कार्यक्रममा  साहित्य र कलाका विभिन्न क्षेत्रहरुमा अभिन्न रुची
राख्ने सी.ए. विद्यार्थीहरुबाट गायन कला
, साथै गीत, गजल, कविता, प्रस्तुत भएको थियो । सबै सहभागीहरुको प्रस्तुति प्रसशंनीय एवम् तारिफ योग्य रहेको
थियो । 

विमर्श खण्ड अन्तर्गत छनोट गरिएको विषय सी.ए. पछि के??” शीर्षकमा इज्छुक सहभागीहरुले आफ्नोे आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको
अन्तिम खण्ड पुस्तक आदान प्रदान खण्डमा सहभागीहरुले आफूसंग भएका कला र साहित्य सम्बन्धि
पुस्तक आदान
प्रदान गरेका थिए

अन्त्यमा अगामी मै महिनाको मासिक भेला मै महिनाको चौथो आइतबार, २२ मै, २०१६ मा प्राइम सि.ए.कै आँगनमा साँझ ६ः०० बजेदेखि हुने निर्णय गर्दै कार्यक्रम
सम्पन्न गरिएको थियो । सधै तेस्रो आइतबार हुने कार्यक्रम मै को तेस्रो सातासम्म चल्ने
परीक्षाको कारणले चौथो हप्ता गर्न लागिएको हो । अगामी कार्यक्रममा फोकलले आफ्नो दोश्रो
वार्षिाकोत्सव मनाउने र कार्य निकै भव्य गर्ने सोच बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्