
म वेचिएँ तिम्रो प्रेमको नगरमा !
जुवाको दाउमा, कवाडीको भाउमा !!
मेरा रहरहरु वेचिए, चाहानाहरु वेचिए !
तिमीलाई माया गर्ने, वाहानाहरु वेचिए !!
बेचिए मैले तोडेका आदर्शहरु !
जो वर्षौ पहिले शहिद भएका थिए !!
बेचिए तिम्ले छोडेका स्पर्शहरु !
जो वर्षौ पहिले कैद भएका थिए !!
यी धमिनीहरुभित्र, शिराहरुभित्र !
मुटुका प्रत्येक चिराहरुभित्र !!
तर अपसोस
तिमीलाई कसैले किन्न सकेन !
हिजोकी मालती आजकी म्यारी भएपछि !
राजा महाराजाकी तिमी प्यारी भएपछि !!
केही नहुनेहरु थुक निलेर चित्त बुझाए !
अलिकति हुनेहरु तस्विर किनेर चित्त बुझाए !!
तर अहँ,,
तिमीलाई कसैले किन्न सकेन !
तिमीलाई कसैले चिन्न सकेन !!
यी भोका प्यासीहरुको वस्तीमा !
नाङ्गा सन्यासीहरुको वस्तीमा !!
तिमीलाई कसैले किन्न सकेन !
एक सय एक तिम्रा दासीहरुको वस्तीमा !!
एक सय एक तिम्रा दासीहरुको वस्तीमा !!
-“ए.पी” सुमन
सिए फाइनल
हाल नयाँ दिल्ली
प्रतिक्रिया दिनुहोस्