
आफु निकटको सिए इन्स्टिच्युटबाहेक अरु सिए इन्स्टिच्युटमा विरुद्ध गलत प्रचार गर्न आइक्यान अध्यक्षनै लागेको आरोप सेलाउन नपाउंदै अर्को यस्तै आरोप लागेको छ आइक्यानलाई । सिजनका बेला केहि सिए इन्स्टिच्युटको फोन नब्मर गलत राखेको र बन्द भएको सिए इन्स्टिच्युटको नाम नहटाएर विद्यार्थीलाई भ्रम पार्न खोजिएको आरोप आइक्यान नेतृत्वलाई लागेको छ ।
यो बीचमा पोखरास्थित इन्लाईटेण्ड इन्टरनेशनल एकेडेमी पनि मर्कामा परेको छ । सिजनका बेलामा इन्लाईटेण्डको फोन नम्बर आइक्यानको वेव साइटमा गलत राखिएको छ । उक्त संस्थाको फोन नम्बर ०६१५३७८४३ हुनुपर्नेमा आइक्यानको सम्बन्धन प्राप्त संस्थाको फोन नम्बरमा अर्कै नम्बर लेखिएको छ । सिए सरोकारसँग कुराकानी गर्दै इन्लाइटेन्डका प्रतिनिधिले आफ्नो नम्बर गलत राखिएको भन्दै गुनासो पोखेका छन् ।
आइक्यानबाट इन्लाईटेण्ड पिडित बनेको यो पहिलो पटक भने होइन । आइक्यानको नेतृत्व परिवर्तन हुने बेलामा पनि इन्लाइटेन्ड सिएको नाम सम्बन्धन प्राप्त संस्थाको सुचीबाटै हटाएर विनाकारण तनाव दिइएको थियो । काठमाडौँ लगायत मोफसलका केहि सिए इन्स्टिच्युटका विरुद्धमा आइक्यान अध्यक्षनै लागिरहेको भन्ने आरोप लागिरहेका बेला आइक्यानको वेव साइटमा भएको यस्तो त्रुटीले उक्त आरोपलाई झन् मलजल गरेको छ ।
गत बर्ष पनि भर्नाकै सिजनमा इन्लाइटेन्डको नाम सम्बन्धन प्राप्त संस्थाको सुचीबाट विनाकारण हटाइएको थियो । यसबारे सिए सरोकारले समाचार सार्वजनिक गरेपछि आइक्यानले पुन इन्लाइटेन्डको नाम सूचीमा राखेको थियो । यसरी सिजनकै बेलामा मानसिक तनाव दिनेगरी किन यस्तो कार्य भइरहेछ भन्ने कुरालाई नेपाली सिए क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्