आइक्यान अन्तर्गतका सिए विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्टस् विद्यार्थी एसोसिएसन (एनाकासा) ले वार्षिक रुपमा संचालन गर्ने क्रिकेट प्रतियोगिताको यसपालीको संस्करण आजबाट सुरु भएको छ। ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा सम्पन्न हुने उक्त कार्यक्रममा विभिन्न सिए फर्महरुले सहभागिता जनाएका छन् ।
आज भएको खेलमा एमजीएस एण्ड एसोसीएट्स , एनबिएसएम एण्ड एसोसीएट्स र एलडीएसए एण्ड एसोसीएट्स बिजयी भएका छन् । सम्पन्न खेलहरुमा जेबि राज भण्डारी एण्ड डीबिन्सलाइ ३४ रनले हराउँदै एलडीएसए बिजयी भएको छ भने बश्याल एण्ड एसोसीएट्सलाई ९ विकेटले हराउँदै एनबिएसएम बिजयी भएको छ । यसैगरी एबिएमएस एण्ड एसोसीएट्सलाइ ८ विकेटले हराउँदै एमजी एस एण्ड एसोसीएट्स बिजयी भएका छन् ।






तश्वीर : विभिन्न फेसबुक पोष्ट
प्रतिक्रिया दिनुहोस्