
हालै आइसीएआइले सार्वजनिक गरेको नतिजामा जनकपुरका सुरज झुनझुनवाला प्रथम भएको दावी गरिएको छ । उनको कुल १९५ अंक छ । यसपाली आइसीएआइले र्यांक होल्डर घोषणा नगरेपछि आफ्ना विद्यार्थी टपर बह्येको दावी गर्ने क्रम अगाडी आएको हो । प्राइमरी र सेकेन्डरी तहको पढाई जनकपुरबाटै गरी सी पी टि अध्ययन गर्न भारत गएका सुरजले सीपीटिको पढाइ कठिन नभएको दावी गरे । सिए अध्ययन सकेर नेपाल फर्की काम गर्ने इक्षा जनाएका सुरज भारतमै रहेर आइपीसीसीको अध्ययन गर्ने बताउँछन्।
नेपालबाट भने सबै भन्दा बढी अंक एओसीका विद्यार्थी मनिष अधिकारीले ल्याएका छन्। उनको कुल १९१ अंक छ । नेपाल टपर भएका अधिकारी भारतभरमै भने कुन स्थानमा परेका हुन् भन्ने खुल्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्