Skip to content

कापाको चुनावमा हारेको खबर सार्वजनिक भएपछी आइक्यान अध्यक्षले यसो गरेछन्…

कापाको चुनावमा हारेर पनि नेपालमा जितेको भनेर जनतालाई ढाटेको खबर सार्वजनिक भएपछी आइक्यान अध्यक्ष प्रकास लम्शालले केहि ‘सुन्दै रमाइला लाग्ने’ कुराहरु गरेको तथ्य जानकारीमा आएको छ । उक्त समाचार सार्वजनिक भएपछि धेरैले उनलाई ब्यंग्यात्मक रुपमा बधाई दिन थालेपछि उनले समाचार सार्वजनिक गर्ने पत्रकारलाइ फेसबुक, र ट्वीटरमा ‘ब्लक’ गरेका छन । 
आइक्यानको चुनाव अघिसम्म निकैनै सुमुधुर सम्बन्ध भएका पत्रकारलाइ उनले उक्त समाचार सार्वजनिक भएपछी भने सामाजिक संजालमा  ‘ब्लक’ गरेका छन् ।  उनले आफु मात्र होइन आइक्यानका उपाध्यक्ष र कार्यकारी निर्देशकलाई समेत उक्त समाचार लेख्ने पत्रकारलाई सामाजिक संजालमा ‘ब्लक’ गर्न आग्रह गरेका छन् ।  त्यतिमात्र होइन उक्त समाचार सार्वजनिक भएपछि कुनै पनि सार्वजनिक कार्यक्रममा भेट्दा समेत उनी उक्त पत्रकारसँग हात मिलाउन छोडेका छन् भने आफुले हारेको जानकारी पत्रकारलाइ कसले दियो भन्ने कुराको खोजीनिती समेत गरिरहेका छन् । 
स्रोत भन्छ, ‘आफु सँगै गएकाहरुलाई उनले समाचार दिने मान्छे पत्ता लगाए त्यसको आफुले हिसावकिताव गर्ने धम्की समेत दिएका छन् ।’     
उनका यी रमाइला कामहरु बारे जानाकारी पाएका सिएहरु बीच उनको नेतृत्व क्षमतालाइ लिएर समेत प्रश्न उठाउन थालेका छन्।  एक सिएले सिए सरोकारकर्मीसँग भने,’ हेर्दै जानुस्, आइक्यान अध्यक्षले नेपाल आएर अष्ट्रेलियाले अनुरोध गर्यो अनि सम्झौता गर्यौं भन्न बेर लाउँदैनन्।  हारेर पनि जितेको भन्ने आँट हुनेले त्यसो नभन्ला भनेर कसरी भन्नु ?’
यो पनि पढ्नुहोस् :

Exclusive: ‘कापा’ को चुनावमा हारेका आइक्यान अध्यक्ष प्रकाश लम्शाल, ‘जितेको’ भनेर किन ढाँटियो ? 

अक्टोबर २७ तारिखका दिन । आइक्यान अध्यक्ष प्रकाश लम्शाल कापा बोर्ड सदस्यमा निर्वाचित भएको समाचार आयो । आइक्यानका उपाध्यक्ष महेश खनालले आफ्नो फेसबुकमा प्रकाश लम्शाल कापा बोर्ड सदस्यमा निर्वाचित भएको र उक्त दिन आइक्यानका लागि एतिहासिक दिन भएको भन्दै फेसबुकमा स्ट्याटस पनि लेखे ।  तर त्यो ‘झुट’ थियो ।

‘प्रकाश लम्शाल कापाको बोर्ड सदश्यका लागि आइक्यानका तर्फबाट उमेद्वार बनेका थिए । तर उक्त चुनावमा उनी नमज्जासँग हारे । पछि आइक्यान अध्यक्ष प्रकाश लम्शालले आइक्यानको अध्यक्षका हैसिएतले हारेपछि आफ्नो व्यक्तिगत नाम सदस्यमा राख्न लाविङ गरे ।  उनीसंगै नेपालबाट गएका अरुले समेत उनको पक्षमा लविङ गरेपछि आइक्यानको अध्यक्षका हैसिएतले हारेपनि व्यक्तिगत प्रकाश लम्शाललाइ उक्त बोर्डको सदस्यमा ‘कोटा’मा पारेर ‘निर्वाचित’ होइन ‘मनोनित’ गरियो ।’ 
स्रोत अगाडि बताउँछ, ‘तर उक्त सत्यलाई बंग्याएर नेपालमा दुष्प्रचार भयो । आइक्यान अध्यक्ष प्रकाश लम्शाल कापा बोर्ड सदस्यमा ‘निर्वाचित’ भनेर अफवा फ़ैलाइयो ।  र उक्त झुटको खेतीको सुरुवात आइक्यानका उपाध्यक्ष महेश खनालको फेसबुकबाट सुरु भएको थियो ।  जहाँ उनले आइक्यानका अध्यक्ष ‘Elected’  अर्थात ‘निर्वाचित’ भएको भनी लेखेका छन्, जुन सरासर गलत थियो।’
ढाँटेको कुरा काटेर कहाँ मिल्थ्यो र ? आइक्यानमा चर्चा चल्यो । बुझ्दै जाँदा आइक्यानका अध्यक्ष प्रकाश लम्शाल होइन व्यक्तिगत प्रकाश लम्शाल कापाको बोर्ड सदस्यमा ‘निर्वाचित’ होइन ‘मनोनित’ भएका रहेछन् । 
आफ्नो नाम नबताउने सर्तमा आइक्यानका एक काउन्सिल सदश्य भन्छन् ‘हामीले यसबारे प्रश्न उठाउँदा प्रकाश लम्शालले ‘आइक्यानको अध्यक्षनै कापा बोर्ड सदश्य भएको भन्ने ठानेको तर व्यक्तिगत प्रकाश लम्शालचाहिं रहेछ’ भनेर अभिनय गरेको हाम्रा सम्बाददातालाइ जानकारी  दिएका छन् ।  यो सत्य बाहिरिंदा आफ्नो बेइजत हुने भएकाले पनि उनले सकेसम्म यो कुरालाई लुकाएर राखेको उनको तर्क थियो । 
स्रोतका अनुसार आइक्यान अध्यक्षले अध्यक्ष पद छोडेपनि व्यक्तिगत रुपमा लम्शाल उक्त सदस्यमा मनोनित भएकाले कापाको विभिन्न कार्यक्रमका लागि उनी नै विदेश जानेछन् । ‘तर अव कुन नैतिकताले आइक्यानले सामान्य ‘सदश्य’ लाइ प्रायोजन गरेर बिदेशमा पठाउला भन्ने प्रश्न पनि अगाडि आएको छ ।’ उनी भन्छन् । 
यसै बीच यसरि ‘तैं चुप मै चुप’को शैलीमा आइक्यान अध्यक्ष प्रकाश लम्शालका बारेमा बजारमा चलाइएको हल्लाले आइक्यानका अध्यक्षको इज्जत ‘डाउन’ भएको विश्लेश्ण समेत गर्छन, केहि सिएहरु । ‘प्रविधिको युगमा आइक्यानका उपाध्यक्षले लेखेको उक्त स्टाटस धेरैले पढे होलान् । यस्तो हर्कतले आइक्यानको मात्र होइन नेपालको समेत बेइजत भएको छ’ आइक्यान बोर्डबाटै सिए उतिर्ण  गरेका अर्का एक सिए बताउँछन् । नेप्लिज डट ओआरजीमा खबर छ। 

प्रतिक्रिया दिनुहोस्