एक्यानको चुनावका लागि दुइ दिन मात्र बाँकी हुँदा सिए अमन उप्रेतीले उपाध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका छन् । विहिबार बेलुकी एक्यान पुगेका उप्रेतीले उपाध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका हुन् । उनीसँगै सिए आनन्द शर्मा वाग्लेले एक्यानको उपाध्यक्ष पदका लागि उमेद्वारी दिएका छन् । बिगत लामो समयदेखि ‘प्राक्टिस’ मा रहेका सिए उप्रेती हाल एलडीएसए एण्ड एसोसीएट्समा कार्यरत छन् ।
अन्तिम समयमा उमेद्वारी : यसअघि नै अमन उप्रेती र आनन्द शर्मा वाग्ले चुनावमा उपाध्यक्ष पदका लागि भिड्दैछन् भन्ने जानकारी आएपनि बीचमा अमन उप्रेती पछी हटे वा उठ्दैनन् भन्ने हल्ला बाहिर आएको थियो । तर चुनावको दिन आउन दुइ दिन मात्र बाँकी हुँदा उनले उपाध्यक्षको पदका लागि उमेद्वारी दिएका छन् । सिए उमेश ढकालको प्रस्ताव र सिए रमेश धितालको समर्थनमा उनले उमेद्वारी दर्ता गराएका हुन् ।
कस्तो छ उनको सम्भावना र चुनौति ? : सिए अमन उप्रेतीलाइ एलडीएसएको दरिलो साथ् हुनु उनको सबैभन्दा राम्रो पक्ष हो । सिए उमेश ढकाल प्रस्तावक हुनुले पनि खास अर्थ राख्न सक्छ भन्ने कुरालाई नकार्न सकिन्न। एलडीएसएमा आवद्ध वा निकट रहेका सिएहरुको जमात ठुलो भएकाले पनि उनको सम्भावना राम्रो भएको बुझिएको छ । चुनाव भन्नेवित्तिकै संख्यात्मक भोटको गणना हुनेहो, त्यसैले पनि अमन यो कुरामा अब्बल देखिएको सिएहरु बताउँछन् । यद्यपी आनन्द शर्मा वाग्ले उनका कमजोर प्रतिष्पर्धी भने होइनन् । आफ्ना प्रतिष्पर्धीको बजारमा रहेको राम्रो पी आर उनको चुनौतीको विषय हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्