Skip to content

यसपालिको सिए सरोकार लाईफ टाईम एचिभमेन्ट अवार्ड सिए कुवेर शर्मालाई

 लेखा व्यवसायमा आफ्नो ५० औं बर्ष पार गरिसकेका  सिए कुवेर शर्मालाई  ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। शनिबार सिए सरोकारले आयोजना गरेको कार्यक्रम मा सिए कुवेर शर्मालाई सम्मान गरिएको हो । नेपाल चार्टड एकाऊन्टेन्ट्स संस्थाका अध्यक्ष नरेन्द्र भट्टराईले शर्मालाई  सम्मान गरेका हुन् । कुवेर शर्मा नेपाली लेखा व्यवसायका सबैभन्दा अग्रज सिए हुन् । सिए सरोकारले हरेक बर्ष प्रदान गर्नेगरी यसपालीदेखि सुरु गरेको ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’को पहिलो अवार्ड सिए कुबेर शर्मालाई प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै कुवेर शर्माले आफुलाई सम्मानित गरेकोमा सिए सरोकारलाई विशेष धन्यवाद दिएका छन् । उनले आफ्नो पेसामा आफुले ५० बर्ष पार गरेको भए पनि आफुलाई ५० वर्षको समय निकै नै छोटो भएको बताएका छन् । गत बैसाखमा गएको विनासकारी भुकम्प नेपालका लागि अवसर बन्न सक्ने बताउँदै शर्माले  नेपालीहरु सबै मिलेर नेपालको पुनर्निर्माणमा लाग्नु पर्ने समेत बताउएका छन् । कार्यक्रममा बोल्दै उनले  नेपाली लेखा ब्यबसाय र सिए सरोकारको प्रगतिको समेत कामना गरेका छन्  ।कार्यक्रममा बोल्दै आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले सम्मानित सिए कुवेर शर्मालाई बधाई दिएका छन् । उनले  नेपाली लेखा ब्यबसायमा निकै नै महत्वपूर्ण योगदान दिएका सिए शर्मालाई सम्मानित गरेकोमा सिए सरोकारलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । नेपाली लेखा व्यवसाय बिकसित हुँदै गरेको र आफ्नो कार्यकालमा पनि नेपाली लेखा ब्यबसायको विकासका लागि आफुले सक्दो गरिरहेको समेत उनको भनाई थियो । कार्यक्रममा उनले आशन्न आईक्यानको चुनावका उमेद्वारहरुलाई पनि सफलताको शुभकामना प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्