सिए सरोकारको राहत संकलन जारी, आईक्यान उपाध्यक्ष द्वारा ३ बोरा चामल सहयोग
सिए सरोकार संवाददाता
१७ बैशाख २०७२, बिहीबार ११:२८
महाँभूकम्पका कारण भएको क्षतिले घरबारबिहिन भएका सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न सिए सरोकार सहितको टोलीले सुरु गरेको राहत संकलन कार्यक्रममा आईक्यानका उपाध्यक्ष सिए प्रकाश लम्शालले सहायोग गरेका छन् । उपाध्यक्ष लम्शालले ३ बोरा चामल सहयोग गर्नु भएको छ। सिए सरोकार सहितको टोलि शनिबार सबेरै सिन्धुपाल्चोक पुग्दैछ। सिए रमेश धिताल लगायतको संयोजनमा सिए सरोकार सहितको टोलीले राहत सामाग्री संकलन गरिरहेको छ। यदि तपाइँ पनि भूकम्प पिडितलाई सहयोग गर्न चाहानुहुन्छ भने 9851017914 सुरज प्याकुरेल वा 9851127739 (रमेश धिताल ) लाई सम्पर्क गर्नुहोला।
प्रतिक्रिया दिनुहोस्