
उनले दिइएको अपिल भारतको सर्वोच्च अदालतले आज बिहान ५ बजे खारेज गरेको थियो। राष्ट्रपति प्रणब मुखर्जीले पनि ममेनको अपिल बुधबारै खारेज गरेका थिए।
को हुन् याकुब मेमन
मार्च १२, १९९३ मा साढे १ देखि साढे ३ बजेबीच मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध १२ वटा बम विष्फोट गराइएको थियो। जसमा २ सय ५७ जनाको ज्यान गयो भने ७ सय १३ जना घाइते भए।
अनुसन्धानमा बाबरी मस्जिद भत्काएको प्रतिशोधमा मुम्बईमा सक्रिय माफिया समूह डी. कम्पनीका प्रमुख दाउद इब्राहिमको योजनामा उक्त हमला भएको र उनलाई याकुबका दाजु टाइगरलगायतले सघाएको खुलेपछि केन्द्रीय अनुसन्धान ब्युरोले याकुबसहित १ सय ९० जनालाई घटनाको अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो।
घटनाको दिन याकुब मुम्बईमै थिए। दोस्रो दिन उनी परिवारसहित दुबई हुँदै पाकिस्तान पुगेकाको अनुसन्धानमा खुल्यो। चार्टर एकाउन्टटेन्टसमेत रहेका याकुबलाई होटल ताजमा योजना बन्दा सँगै रहेको, विष्फोटक सामग्रीका लागि आर्थिक स्रोत जुटाएको, आफैं बम राखेको लगायत सिबिआईको आरोप थियो।
बम विष्फोट घटनाका दोषीको सूचीमा राखेर खोजी सुरु भए पनि उनी पाकिस्तानमा परिवारसाथ बसेर निर्माण व्यवसायमा सक्रिय थिए। घटनाको एक वर्षपछि काठमाडौं विमानस्थलमा ओर्लिंदा पक्राउ परेका उनी भारत पुर्या्इए र लामो बहसपछि घटनाको मतियार ठहर्याउँदै उनलाई अदालतले टाडा कानुनअनुसार मृत्युदण्ड सजाय सुनायो।
उनले आफू मुम्बईको रेलवे स्टेसनमा नभई आत्मसर्मपण गर्न भारत आउने क्रममा नेपालको काठमाडौंमा पक्राउ परेको दाबी गर्दै मृत्युदण्डको फैसला बदर गर्न भारतीय राष्ट्रपति कार्यालयमा निवेदन हाले। राष्ट्रपति कार्यालयले निवेदनको सुनुवाइ नगरेपछि उनी मृत्युदण्डको फैसला रोक्न भारतको सर्वोच्च अदालतमा पुगे। अदालतले पनि उनको निवेदन खारेज गर्यो।
प्रतिक्रिया दिनुहोस्