सिए सरोकारको राहत संकलन जारी, सीसीएमएद्वारा चाउचाउ र बिस्कुट सहयोग
सिए सरोकार संवाददाता
१७ बैशाख २०७२, बिहीबार ०९:५५
महाँभूकम्पका कारण भएको क्षतिले घरबारबिहिन भएका सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न सिए सरोकार सहितको टोलीले सुरु गरेको राहत संकलन कार्यक्रममा सीसीएमए कलेजले सहायोग गरेको छ। कलेजले चाउचाउ र बिस्कुट सहयोग गरेको छ। आपतकालीन स्थितिमा चाउचाऊ र बिस्कुट खानका लागि सबै भन्दा उपयोगी मानिन्छ। राहत संकलन कार्यक्रम अन्तर्गत सीसीएमएले प्रदान गर्ने राहत सामाग्री लिन पुगेका सिए सरोकार कर्मीसंग कुराकानी गर्दै सीसीएमएका प्रवन्ध निर्देशक दीपेश थपलियाले सिए सरोकार लगायतको टोलिले गरेको काम निकै नै सराहनीय भएको बताउनु भएको छ। सिए सरोकार सहितको टोलि शनिबार सबेरै सिन्धुपाल्चोक पुग्दैछ। सिए रमेश धिताल लगायतको संयोजनमा सिए सरोकार सहित को टोलीले राहत सामाग्री संकलन गरिरहेको छ। यदि तपाइँ पनि भूकम्प पिडितलाई सहयोग गर्न चाहानुहुन्छ भने ९८५१०१७९१४ सुरज प्याकुरेल वा 9851127739 (रमेश धिताल ) लाई सम्पर्क गर्नुहोला।
प्रतिक्रिया दिनुहोस्