Skip to content

के होला निकास संक्रमणकाल को? सिए विद्यार्थी तिर्थराज अर्यालको लेख


मधेश आंदोलन को समाधान निस्क्यो। मधेशी र भैया भनेरै रिश उठेको हो भने अब देखि पहाडमा बस्ने सबैलाई ‘भैया ‘,’मधेशी’ इत्यादि भनौ। अनि उता बस्नेलाई ‘खस’,’पर्वते बाहुन’ सोशक इत्यादि भनेर सम्बोधन गरौ,कुरै खत्तम। तै खुशि मै खुशि। आजदेखि मैबाट सुरू गर , म ‘तीर्थ भैया तर म नेपाली’। अनि म यो सम्बोधनले अझ आत्मिय महसूस गर्नेछु। अज्ञानता को पनि हद हुन्छ नि, अवस्था बुझ्न नसक्ने। एउटा नेपालीले अर्कोलाई गाली गर्याछ, खुट्टा तान्या छ, धम्कि दिन्छ, के हो गर्न खोजेको? अरु छैनन अधिकार माग्ने बाटो? भाला बोकेर माग सम्बोधन गराऊने कस्तो बुद्धि? झण्डा जलाएर,चार जनाले नारा लाउदै हिडेर आउँछ हो समानता?

खासमा कस्ले “तिमिहरूको जिऊमा लुतो आएको छ , कन्याउदै बस भन्दियो, हो की होइन पक्का नगरिकन एसिड हाल्न सुरू गरिहाले यिनि आन्दोलनकारीहरू।” बास्तबिकता यही हो। अझ वास्तबिकता त के पो हो भने खाना नास्ता सहित दिनको पांच सय देखि हजार रुपियासम्म दिएर आन्दोलनमा लैजान्छन रे, बेरोजगारी को कत्रो चिन्ता बिचरा। च्व च्व !!!! बाहुन क्षेत्रीले दमन गरे भनेर जनजाति उक्सायो, पहाडेले दमन गरे भनेर तराई उक्सायो। उसको त्यसमा के कति स्वार्थ छ भनि बुझ्दै नबुझि आफ्नै दाजुभाईलाई काटेर पो समाधान खोज्दै छौ। कति लाजमर्दो! छिमेकिको राजनीतिक स्वार्थ, तिनका दलालको जमीनदार बन्ने स्वार्थ, राजा बनेर हैकम चलाउने चाहना पूर्ति मा हामिले मानवता,चरित्र,सम्यमता,सामाजिक सध्भाव र एकता बिर्सियौ कि कसो? अधिकार कसले कती पाएको छ, हेर्न हिड पहाड र हिमालका गाऊहरू। तिम्रा घरैमा पानी को इनार, हस्पिटल, सडक, बिजुलि , बजार, स्कूल , युनिभर्सिटि, खेलमैदान , उब्जाऊ जमिन छ, गर्न चाहे नपुग्ने केहि छ? एक घंटा पैदल हिडेर पानी बोकेर खान्छन, पढ्न स्कुल छैनन, खेल्न मैदान छैनन, उच्च शिक्षाको त कुरै छाड। जेन तेन मेहनत गरेर दुईछाक टार्छन। वर्षभरी खान पुग्दैन। चाहेर पनि उब्जनि हुदैन। सडक छैनन। कोई बिरामी परीहाले दुई- तीन दिन डोकोमा बोकेर सदरमुकाम पुर्याउछन, त्यहा पनि प्राथमिक उपचारको लागि मात्र । अब भन कसलाई आवश्यक छ आरक्षण? कसलाइ आवश्यक छ प्रतिनिधित्व? आमाले बिरामी परेर दूध चुस्न दिईनन भनेर दुधको लाम्टो काटेर हुन्छ? राज्य अलग अलग बनाएर अधिकार सुनिश्चित हुने हुन भने म पनि पिडित हो, आउ, सबैले एउटा एउटा राज्य मागौ आफ्नै आफ्नै, नदिए बन्द हडताल गरौ निजी तथा सार्बजनिक सम्पत्तिमा आगो लगाऔ, तिमि मलाई हान , म तिमिलाई हान्छु, अनि भारत चीन ले राज गरुन अनि। यही त होला चाहेको?

नेपाल शंकटमा छ अहिले , त्यसमाथि भारतको अघोशित नाकाबन्दी छ, कसरी आत्मनिर्भर बन्ने, कसरी एकले अर्कोको मद्दत गर्न सकिन्छ , दिर्घकालिन उपाय के के छन? मिलेर , बिचार विमर्ष/ छलफल गरेर कुन बाटोबाट समाधान निस्किन्छ, त्यो बाटो पो रोज्ने हो। नेतृत्व तहमा सत्ता भागबन्डा, एक ले अर्को लाई दोशारोपण गरेर बितीराछ, तल्लो तहमा चाहि त्यहि खराब नेतृत्वको उक्साहटमा काटमार गरेर। कहा जादैछौ हामी? सम्यमता नभा’को त पशु पो हुन्छ ।”हावामा फुकेर” बतास लगाए भन्दै उफ्रिने? र अर्को मलाई भन्नै मनलागेको कुरा, पढाई गर्ने मेहनत गर्ने बेला चाही गोठेलौरी खेलेर भुरुङ् नचाएर खर्चिने, अनि फलानो ले यो गर्यो , ढीस्कानोले यो गर्न दिएन भनेर उफ्रिने? कसले पढ्न दिएन? होला कुनै ठाऊमा अपबादको रुपमा केहि बिभेद गरेहोलान कसैले , तर सधै आरक्षण समस्याको समाधान कदापि होइन, अलग राज्य यसको समाधान हुनै सक्दैन। सुरक्षाकर्मिलाई जिउदै जलाउनु समाधान हो? हो त्यति रिस छ भने जसले जातियता , भाषा , भूगोलको आधारमा बिभेद भो भन्दै भड़काउने काम गर्दै छन, जसले अधिकार शोषणको नाममा राजनिति सपार्ने गरीरहेका छन, तिनलाई उनको महलबाट थूतेर सोध, अनि बुझाऊ। देशको सुरक्षार्थ खटेका सुरक्षाकर्मीलाई होइन। दिनभरी कुटो कोदालो गरेर, मजदुरी गरेर सन्तान पढाई तिनको भविश्य उज्वल बनाउनेको सपनामाथि खेलवाड नगर। कसरी को शोशक भयो ?

आधा निद्रा सुतेर , आधा पेट खाएर दिन रात मेहनत गरेर पढाइ गरेर जेनतेन जागीर खाएको बाहुन क्षेत्रीको छोराले शिक्षाको बाटो छेकेको थिएन होला क्यार कसैलाई। म स्कूल पढदै गर्दा एक जना साथि (अहिलेको परिभाषामा जनजाति भित्र पर्ने ) फेल भयो, अनि गाऊकै एक जना भलाद्मी ले “फलानो फस्ट भएर तलाई फेल गराको । नत्र पास हुने थिईस, तं नपढेर फेल भ’को होइनस” भनेर कुरा गरेछन। त्यसपछि कैयौ दिन डर धम्कि पाऍ। ऊ सधै गुच्छा खेल्नमा अगाडि, म चाहि पढाईमा। अहिले ऊ मेकानिक छ, म आफ्नो पेशामा। अब ऊ आएर मेरो टाऊको ह्यामरले फोडेर सुब्बा अधिकृत मुख्यसचिब त बन्दैन होला। न त आरक्षण कोटाबाट माथि ल्याऊदैमा ऊ काम गर्न सक्षम होला न त सहज नै महसूस गर्ला। नेवारहरू प्रशस्त मेहनत गरे, कुनै काम गर्न हिच्किचाएनन , पैसा प्रशस्त कमाए , धनी भए । अब के लुट्न जानु?

समस्याको जड हाम्रो चेतना हो, विवेक हो। अझै अविवेकि बन्दै गए यो भन्दा ठुलो खाडलमा पर्ने निस्चित छ। आफ्नो अधिकार भन्दैमा अर्कोको अधिकार मिचेको पत्तै नपाएजस्तो गर्नू महापाप हो। मनन गरौ समयमै। पछुताउनु नपरोस। 

तीर्थराज अर्याल हाल लक्ष्मिनगर

प्रतिक्रिया दिनुहोस्