
तराईको मलिलो माटोमा उब्जिएका अन्नहरुले सबैको पेट भरेको थियो। पहाडको जडिबुटीले ओखति पुर्याएको थियो अनि हिमालको दन्तहरुले साचिकै सोभा बढाएको हुन्छ। यस्तो सम्पदाले भरिपूर्ण नेपाल कुनै जाति, धर्म, वर्ग इत्यादि बिशेष हुनै सक्दैन।
त्यस्तै रास्ट्र प्रतिको जिम्मेवारी पनि हामी सबैको बरावर छ। मेरो देश नेपाल अखण्ड, स्वतन्त्र र सार्वभौम भई बाँचिरहोस, म यसको रक्षक हु, मलाई मेरो रगत भन्दा माटो प्यारो लाग्छ. म अरुको गुलाम भई होइन, स्वाभिमानी नेपाली भई बाच्न चाहन्छु। यो सोच ममा मात्र होइन सम्पूर्ण नेपालीहरुमा छ। चाहे आज आफ्ना अधिकार स्थापित गर्न आन्दोलित तराईको जनता होस, चाहे पहाडका विकटतासँग जुध्दै गरेका जनता होस, चाहे हिमालका हिउँमा जीवन खोज्दै गरेको जनता होस, कोही चाहँदैनन् आफ्ना अधिकार हनन गरेको त्यही भएर आ-आफ्ना ठाउँबाट खबरदारी गरिरहेछन।
भनेका छन हे जनताका नोकरहरु तिमीहरु आफ्ना निजी स्वार्थमा होइन सम्पन्नसाली राष्ट्र निर्माणमा लाग। हाम्रो संविधान हाम्रो मात्र होइन, राम्रो र सबैको अधिकार स्थापित गर्दै कर्तव्य सिकाऊने हुनु पर्छ।
बाध्यताले गन्तव्य स्थान प्रदेश रोज्न विवश नेपाली मनहरुमा आशाका जडाहरु बलियो बन्दै जादै थिए. अब कामदार पठाउने हैन, काम बेच्नु पर्छ, पशिना बिदेशमा होइन स्वदेश मै खर्चिन पाइनेछ। सन्तानहरुले सदा शिर माथि गरेर गर्वसँग भन्न पाउनेछन स्वाभिमानी वीर गोर्खाली। तर कस्तो विडम्बना, ती आशाका किरणहरुले रोशनी बाड्न सकेनन, नखाऔ भनेको दिन भरिको शिकार खाऔ भने कान्छा बाबुको अनुहार भने जस्तै भयो। संबिधान त बन्यो तर ती आशाहरुले रूप फेर्नु पर्यो।
तराईमा मधेसी समुदायको नाममा आन्दोलन चर्की रहेको छ. बोर्डरमा भारतको नाकाबन्दी छ, सरकार अभाव व्यवस्थापनमा हम्मे हम्मे छ, जनता अति आवश्यक समानको अभावमा चिन्ता ग्रस्त हुनुका साथै पीडित छन। तराई आन्दोलन जारी छ, जनताका अधिकार सम्पन्न बनाउने निकाय आफ्ना आपसी मतभेद र बिरोधलाई सुल्झाउनुको साटो छिमेकी राष्ट्रलाई दोषी ठान्छ।
के पहाडि, के हिमाली, के तराईको, सर्ब प्रथम हामी नेपाली हौ, हाम्रो साझा पहिचान नेपाली हो, कुनै भाषा जाति वर्ग, वर्ण इत्यादिको नाममा बिखण्डन भईरहदा कतै हाम्रो एकता तथा स्वाभिमानमा दखल पुग्ने त होइन, सोच्न जरुरी छ। आजको समाज विश्व ब्यापीकरणमा गईरहदा हामी अझै संकुचित दायरामा सीमित छौ। बैदेशिक लगानीको कुरा गर्दा देश बेच्न खोजेको आरोप लागाउछौ. संसार एक भईसकेको अवस्थामा जात, जाति तथा धर्मको नाममा अधिकार स्थापन गर्दै छौ।
विकाशसील राष्ट्र सुस्त गतिमा विकासको बाटोमा चली रहदा अनेक वाधा अड्चनको सामना गर्नु परि रहेको छ। सम्पदाले भरिपूर्ण नेपाल कहिले सम्म अभाव मा तडपी रहनुपर्ने?
केही महिना नाकाबन्दी हुँदा सरकार भन्छ छिमेकी राष्ट्रले मेरो जनतालाई दु:ख दियो, भोकै मार्ने भयो। कठै कस्तो परनिर्भरता, कहिले सिक्ने हामीले हाम्रा लागि स्वदेशको निर्भरता? प्राकृतिक सम्पदाको सही सदुपयोग गर्दै राष्ट्र निर्माणको बाटोमा अगाडि बढ्नुपर्छ। दोष दिएर बस्यौ वा एक परनिर्भरताको बिकल्प अर्को परनिर्भरता रोज्यौं भने हुन सक्दैन हाम्रो बिकास बच्न सक्दैन हाम्रो स्वाभिमान।
मागेको गाँसले भरिन्न मेरो पेट, मागेको टालोले छेकिन्न मेरो लाज, म हुँ स्वाभिमानी नेपाली मेरो पाखुरीमा युग बदल्ने शक्ति छ। म आफ्नै गाऊ पाखामा रम्छु, प्राकृतिसँग खेल्छु, यस्तो नेपालीपनको विकास हुन आवश्यक छ।
ती मध्येका एक उदाहरण मधेसी आन्दोलन हो। केही हद सम्म संबिधानमा अधिकार स्थापित भईसकेकोलाई जनता सम्म पुर्याउनु तथा बुझाउनु पर्छ, नेताहरु तथा राज्यको दायित्व हो। छुटेका केही बिषयलाई पनि राष्ट्रिय स्वाधीनता र अन्य वर्ग, जाति, धर्म इत्यादिलाइ अन्याय नहुने गरी सम्बोधन गरिनुपर्छ।
हामी सबै नेपाली हौं, भाइ फुटे गवार लुटेको स्थिति सिर्जना हुन नदिउ, अन्तर बिरोधलाई सुल्झाऔं, अर्थ प्रणाली मजबूत बनाउदै राष्ट्र निर्माणमा एक हौ। प्राकृतिक सम्पदाले भरिपूर्ण सुन्दर नेपाललाई विकसित राष्ट्र बनाऔ।
प्रदीप सागर रोकाय
रानिवास-६, सुर्खेत
प्रतिक्रिया दिनुहोस्