नेपाल चार्टड एकाउन्टेन्ट्स संघ एक्यान र एनाकासाले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। एक्यानले ई-मेल मार्फत सिए सरोकारलाई उक्त जानकारी दिएको हो। भोलि अर्थात जेष्ठ १३ गते बुधबारका दिन, बिहान ९ :३० बजे देखि १:३० बजेसम्म काठमाडौँको भृकुटी मण्डपमा उक्त कार्यक्रम आयोजना हुने एक्यानले बताएको छ। गत बैसाखमा गएको विनासकारी भूकम्पमा परी पिडित भएकाहरुका लागि बजारमा रगतको कमी भएको जानकारी आएपछी बिधार्थी सङ्गठनसंग मिलेर रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको यस अघि सिए रुपेश गैह्रेको शोक सभामा एक्यानका अध्यक्ष भरत रिजालले बताउनु भएको थियो।
एक्यान र एनाकासाले संयुक्त रुपमा रक्तदान कार्यक्रम गर्दै

प्रतिक्रिया दिनुहोस्