Skip to content

सीए नेवि संघ भारतद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सीए नेवि संघ भारतले हिजो लक्ष्मीनगरमा विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको शिर्षक भने संविधानको कार्यन्यन र नेपालको आर्थिक विकासमा नेपाली काँग्रेसको भूमिका रहेको थियो । कार्यक्रम सीए नेवि संघ भारतका सभापति गिरू न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख वक्त नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा शेखर कोइराला रहेका थिए । विशेष अतिथिहरुमा इकनोमिक मिनिस्टर नेपाल दुताबासका धुंडिराज पोखरेल , नेवि संघ भारतका पूर्व संयोजक सन्दीप राणा , विद्यार्थी नेता शंकर तिवारी , जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बाल कृष्ण पाण्डे ,  सीए नेवि संघ भारतका संस्थापक अध्यक्ष एवं निवर्तमान सभापति पदम भट्टराई , नेवि संघ भारतको उपाध्यक्ष मनिषा अर्याल रहेका थिए । 
कार्यक्रममा सीए विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै डा शेखर कोइरालाले देश विकास लागि सीएहरुको आर्थिक क्षेत्रमा एकदमै ठुलो भूमिका रहेको जिकिर गरेका थिए । नितान्त व्यक्तिगत भ्रमणमा आफु आएको र सीए नेवि संघको बिशेष आग्रहमा कार्यक्रममा उपस्थित भएको भन्दै सम्पूर्ण सीए नेवि संघ भारतका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । आर्थिक विकास सुदृढ़ हुनको लागि समय र परिस्थिति अनुसार परिमार्जित हुँदै जानु पर्ने र पहिचान , प्रतिनिधित्व र पहुँचको लड़ाई बन्द हुनु पर्ने भनाई राखेका थिए । 
केही कुराको पनि सुरक्षा नभएको कुरालाई जोड़ दिदै सीए भए पक्षात स्वदेश फर्कदा आफ्नो भविष्य नदेखे पछि अर्को मुलुक जाने युवाहरुलाई देख्दा आफु निकै दुःखी भएको जनाए । यही युवा वर्ग विदेश पलायन हुने परिस्थितिले पनि नेपालमा आर्थिक रूपमा अब्बल हुन दिएको छैन । नेपाल र चीनको सम्बन्धलाई सम्बोधन गर्दै चीनले अझैपनि नेपाल सँग सुरक्षित महसूस नगरेको त्यसको कारणले नेपालीहरुले धेरै कुराको अभावको महसूस गरेको उनको भनाई थियो । मधेशलाइ हेर्ने द्रिस्टीकोणको चस्मा बदल्नु पर्ने बेला आएको छ भन्दै मधेशको, जनजातिको समस्यालाई समाधान गर्दै राजनितिक स्थिरता कायम गर्नु पर्ने भनाई राखेका थिए ।

कार्यक्रमका अन्य अतिथिहरुले पनि आफ्नो भनाईहरु राखेका थिए । त्यसै बीचमा सन्दीप राणाले नेपालले अब आर्थिक विकासका लागि जलस्रोतको उपयोग गर्नुपर्ने भनाई राखेका थिए । जसरी अहिले पेट्रोल डिजेल डलरको भाऊमा विश्वमा बिकिरहेको छ , त्यस्तै अब आउने भावी दिनहरुमा पिउने पानी डलरमा गन्ति हुने भन्दै पानीको सदुपयोगमा जोड़ दिनु पर्ने भनेका थिए । सन्दीप राणा सक्रियताका साथ नेपाल भारत सम्बन्धमा सुदृढ़ हुनका लागि लागेका एक पात्र हुन । सीए नेवि संघ भारत गठन गर्नको लागि पनि उनको अतुलनीय योगदान रहेको छ ।  सीए विद्यार्थीहरुमा आर्थिकको धेरै ज्ञान हुने भएकोले आर्थिक क्रान्तिका लागि सीएहरु नै अग्रसार हुनु पर्ने कुरालाई जोड़ दिएका थिए ।

कार्यक्रम समापन गर्दै सीए नेवि संघ भारतका सभापति गिरु न्यौपानेले आफु आफ्नो स्थानबाट युवा बर्गमा आर्थिक क्रान्तिको निम्ति सधै तयार रहेको र उक्त कार्यक्रमले सीए विद्यार्थीहरुमा एउटा राम्रो छाप रहने बताएका थिए । सीए नेवि संघ भारतले यस्ता खालका कार्यक्रमहरु बेला बखतमा गर्दै आइरहेको छ । स्थापनाकाल देखि नै सीए विद्यार्थीका माझ लोकप्रिय बनेको यस संघ हाल सम्म आइपुग्दा आर्थिक क्रान्तिका लागि सधै अग्रसर रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्