
नेपालको परिस्थिति र आईसीएआईको परिक्षाबारे हिजो यस्ता समाचार सिए सरोकारले प्रकाशित गरेको थियो।
आईसीएआई अन्तर्गत नेपाल सेन्टरको परिक्षा के होला ?
देश यति बेला महाभूकम्पको बिपत्ति मा छ। यतिबेला कसरि आफ्नो ज्यान जोगाउने भन्ने चिन्ताले हर नेपालीलाई पिरोलीरहेको छ। अझ यहि मे महिनाको पहिलो साताबाट सुरु हुन लागेको आईसीएआई अन्तर्गतको सिएको विभिन्न तहको परिक्षा अन्तर्गत नेपाल सेन्टरको परिक्षा के होला भन्ने चिन्ताले परिक्षामा सामेल हुन लागेका बिधार्थीहरुलाई पिरोलेको छ। भूकम्पिय जोखिमको स्थिति हाल कै जस्तै रहे के गर्ने, कसरि परिक्षा दिने भन्ने बिषय अर्को चिन्ताको बिषय बनेको छ।
आईसीएआईले औपचारिक रुपमा यस बारे केहि बोलेको छैन। तर भूकम्पीय जोखिमको स्थिति यस्तै रहे परिक्षा नहुने निश्चित प्राय छ। ठुलो भूकम्प गईसकेपछी स-साना भूकम्प केहि दिनका लागि अझै आउने भुगर्वविद्हरुको भनाईले पनि काठमाडौँमा परिक्षा नहुन सक्ने अड्कल काटिएको छ। यता भूकम्पका कारण देशभर उल्लेखनिय क्षति भईरहेका कारण पनि स्थिति साम्य नहुन्जेल काठमाडौँमा परिक्षा हुन मुक्सिल देखिएको छ।
यसबारे जानकारी गराउंदै सिए सरोकारले आईसीएआईलाई पत्र लेखिसकेको छ। यस अघि पनि संबिधान सभाको निर्वाचनका दिन परिक्षा हुन नसक्ने भनी सिए सरोकारले पत्र लेखेको केहि दिन मै आईसीएआईले सुचना जारी गर्दै परिक्षा सारेको थियो।
प्रतिक्रिया दिनुहोस्