आईक्यानको निर्वाचन नजिकिएका बेला निर्वाचनमा देशमा रहेका विभिन्न राजनीतिक पार्टीहरुको राजनीति हावी भएको हल्लाबारे सिए सरोकारले सोधेको प्रश्नमा विभिन्न सिएहरुले मिस्रित प्रतिक्रिया दिएका छन्। केहिले आईक्यानको निर्वाचनमा पार्टीगत राजनीति हावी भएको सत्य भएको बताउँछन् भने केहिले त्यसो नभएको र भएको भए पनि आफुलाईचाहिं थाहा नभएको बताएका छन्। सिए कृष्ण भट्टराईले सिएहरु बीच त्यसो राजनीतिक प्राभाव नभएको बताएका छन्। उनले आईक्यानको निर्वाचनमा पार्टीगत राजनीतिक नभएको र भएको भए पनि आफुलाई थाहा नभएको बताएका छन्। यता सिए भरत रिजालले पनि आईक्यानको निर्वाचनमा त्यस्तो नहुने बताएका छन्। ” बरु आरएहरुको ४ सिटका लागि भने राजनीतिक प्रभाव छ , सिएमा चाहिं त्यस्तो छैन। “
यता सिए वाल चन्द्र श्रेष्ठले भने आईक्यानको निर्वाचनमा पार्टीगत राजनीति हावी भएकोकुरा सत्य भएको बताएका छन्। सिए सरोकारले सोधेको प्रश्न।,” आईक्यानमा पनि पार्टीगत राजनीति हावी भएको हो ?” भन्ने सिए सरोकारको प्रश्नमा उनले भने ,” यो कुरा सत्य हो, यसलाई सच्याईनु पर्छ। ” तपाइँ पनि पार्टीगत रुपमा लाग्नु भएको हो ? भन्ने सिए सरोकारको प्रश्नमा उनल भने ,”म चाहिं होइन तर आईक्यानमा पार्टीगत राजनीति हावी भएको भने सत्य हो, त्यसलाई सच्याईनु पर्छ।”
प्रतिक्रिया दिनुहोस्