भारतको एक विश्वबिद्यालय भन्छ, ” हामी सिएको ब्याचलर र मास्टर्स लेभल’ पढाउँछौं”
सिए सरोकार संवाददाता
११ जेष्ठ २०७२, सोमबार १८:२५
धेरैलाई थाहा भएको कुरा हो , सिए कोर्षमा ब्याचलर वा मास्टर्स लेभल भन्ने हुँदैन। न त सिए कोर्ष कुनै विश्वबिद्यालयमा नै पढाई हुन्छ। तर यस तथ्यको बर्खिलाप गर्दै भारतको एक बिश्व बिद्यालयले आफुले सिएको ब्याचलर लेभल र मास्टर्स लेभलको पढाइ गराउने दावी गरेको छ। भारतमा आईसिएआईको विधान अनुसार आईसीएआई बाहेक कुनै पनि संस्था वा विश्वबिद्यालयले सिएको कोर्ष पढाएर त्यस सम्बन्धि सर्टिफिकेट दिन पाउंदैन। तर भारतको ओपीजेएस विश्वबिद्यालय भने सिएको पढाइ ब्याचलर र मास्टर्स लेभल को पढाई आफ्नो विश्वबिद्यालयमा हुने दावी गरेको छ। विश्वबिद्यालयले आफु मातहतको स्कुल अफ चार्टड एकाउन्टेन्ट्स मार्फत सिएको ब्याचलर र मास्टर्स लेभलको पढाई हुने जनाएको छ। विश्वबिद्यालयले आफ्नो वेब साइटमा सिएको ब्याचलर र मास्टर्स लेभल सम्बन्धि विभिन्न जानकारी राखेको छ।
प्रतिक्रिया दिनुहोस्