हल परिक्षा दिएर बालाजु स्थित आफ्नो घर फर्किंदै गरेकी एक बिधार्थी गाडीबाट ओर्लिएपछी हिंड्दै गर्दा भुइचालो आएपछी बाटो मै बेहोस भएको खबर छ। बालाजु बाइस धारा नजिकै आफ्नो घरमा फर्किंदै गर्दा बाटोमा बेहोस भएर लडेकी उनलाई प्रहरीले अस्पताल सम्म पुर्याएको थियो। उनीसंग भएको आईक्यानको कार्डका आधारमा उनी आईक्यानको बिधार्थी भएको प्रहरीले बताएको छ। बेहोस भएकी बिधार्थीको नाम भने परिवारको अनुमति बिना खुलाउन नमिल्ने प्रहरीको भनाई छ। हाल उनी सुरक्षित भएको प्रहरीले बताएको छ।
यस्तो छ सिए बजारको ‘भूकम्प’ अपडेट

यता भूकम्पकका कारण महालेखा परीक्षकको कार्यालयमा पनि सामान्य क्षति भएको छ। कार्यालयका भित्ताहरु चर्किएका छन् भने कार्यालय भित्र पनि सामान्य क्षति भएको छ। यता आईक्यानको पूरानो भवन पनि सामान्य रुपमा चर्केको छ भने नयाँ भवनमा कुनै क्षति नभएको बुझिएको छ। यता आईक्यानका कर्मचारीहरु सकुशल रहेको समेत खबर प्राप्त भएको छ। तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्