
ऋषि राम अधिकारी
‘नेपलिज स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले’ आफ्नो तेश्रो बार्षिक उत्सव तथा साधारण सभा यहि जनवरी १५ तारिखका दिन राजाराम मोहन रोय मेमोरिअल ट्रस्ट, आइटिओमा दिनको २:०० देखि गर्ने भएको छ। साधारण सभासंगै विभिन्न संस्कृतिक कार्यक्रम पनि हुने र यसको लागि अहिलेदेखि नै तयारीका साथ अघि बढिरहेको संस्थाका सचिव सन्दीप पाण्डेले सीए सरोकारलाइ जानकारी दिएका छन्।
यसका साथै संस्थाको उच्च ५ प्रतिनिधि हुनको लागि दिल्लीमा अध्ययन गर्दै आएका विद्यार्थी जसले न्यूनतम ६ महिना संस्थासँग आबद्ध रहेर विद्यार्थीहरुको हकहितका लागि काम गरेको हुनुपर्ने भएपनि मतदान गर्नको लागि र ५ उच्च प्रतिनिधि बाहेक अन्य सदस्य समितिका लागि दिल्लीमा बसेर अध्ययन गर्ने सम्पूर्ण बिध्यार्थीहरु मान्य हुने संस्थाका अध्यक्ष मदन बस्नेतले सीए सरोकारलाइ जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्