
सम्माननिय प्रधानमंत्री ज्यू,
नेपाली जनतालाई नया संबिधान दिएर पूजनीय वीपी कोइरालाको सपनालाई साकार गरेकोमा हजुरलाई धेरै धेरै बधाई र संपूर्ण नेपाली जनताहरुको तर्फबाट हिर्दय देखि धन्यवाद| यो संबिधानले देशलाई एउटा नया गतिको बाटोमा लैजानेछ भन्ने आशा गरेको छु |
४१ दिन सम्म बन्द र कर्फ्यू झेल्दा,टियर ग्याँस र गोली चल्दा ,घरबाट बाहिर निस्कन नपाउँदा, घरमा भएको खानेकुरा सकिँदा, बच्चाहरुलाई स्कूल जान नपाउँदा, गरीब मान्छेहरु जस्ले दिनहुँ रोजगार गरेर आफ्नो हात मुख जोड्छन, तिनीहरुको चुलो नबल्दा, एउटा बिरामीले औषधी नपाउँदा आदि दुखहरु झेल्दा कस्तो पीड़ा हुन्छ, त्यों सायद तराईवासी बाहेक अरु महसूस मात्र गर्न सक्छन तर तराईवासीहरुले यस्ता अवस्था भोगी रहेको छन|
तराईमा आगो लागेको छ, जस्ले पहाड़लाई पनी पोलिरहेको छ | हेर्ने हो भने पूरै देशवासिकै मन रोइरहेको छ | तपाई मात्र १ या २ करोड़ जनताको प्रधानमंत्री नभई पूरै ३ करोड़ जनता कै प्रधानमंत्री हो| त्यहि भएर सबै जनताले देशमा एउटा शान्तिपूर्ण जीवन बिताउन वातावरण मिलाउने जिम्मेवारी तपाईको हो जस्तो मलाई लाग्छ| यो जिम्मेवारी पूरा गर्नबाट चुक्नु भयो भने सायद यो तपाईको कार्यकालकै सब भन्दा ठूलो दागको धब्बा हुनेछl
तराईमा जनजीवन सामान्य भयो भनेर सुन्न नेपाली जनताहरुको कान तरसिसकेका छन| यो अवस्थाबाट बाहिरिन यदि तराईबासीको कुनै जायज मांग छ र सो मांग सम्बोधन गर्न सकिन्छ भने चाडो भन्दा चाडो सम्बोधन गर्नु पर्यो| यदि यस्तो हुन सक्दैन भने केहि खास कदम चालेर भयपनी
तराईबासीहरुलाई अनिश्चितकालीन बन्द र कर्फ्युबाट मुक्त गर्नु पर्योl तराईको जनजीवन सामान्य गर्नु सक्नु भयो भने र एक दिन अझै तराई, पहाड़ र हिमाल सबै मिलेर दीपावली मनायौ भने त्यों भन्दा ठूलो जबाब भारतको लागी केहिपनि हुन सक्दैन जस्तो मलाई लाग्छl
धन्यवाद !
रमेश प्रसाद साह
सीए अध्यनरत
राधेमई – ६ वीरगञ्ज, पर्सा
हाल- दिल्ली, भारत
राधेमई – ६ वीरगञ्ज, पर्सा
हाल- दिल्ली, भारत
प्रतिक्रिया दिनुहोस्