Skip to content

होलीमा यसरी झूमे लक्ष्मीनगरका विद्यार्थीहरु (फोटो फिचर)

भारतको राजधानी दिल्लीमा अध्यनरत विद्यार्थीहरुले सबै नेपाली विद्यार्थी एक तर होलीका रङ्ग अनेक भन्ने मूल नाराका साथ आज लक्ष्मीनगरको ललितापार्कमा संयुक्त रूपमा होली मनाएका छन । सीए नेपाली विद्यार्थी संघ भारत , हातेमालो नेपाली विद्यार्थी समूह र नेपाली स्टूडेन्ट्स हेल्पिङ्ग ह्याण्डस्ले संयुक्त आयोजनामा होली कार्यक्रम सम्पन्न भएको हो ।  


उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन  ” हामी हाम्रो लागि ” ले गरेको थियो ।   ” हामी हाम्रो लागि ” स्थापना हुनु भन्दा अगाडी यही समुहका प्रतिनिधिहरुले २०११ देखि नै लक्ष्मीनगरमा बिभिन्न कार्यक्रमहरुको व्य्वस्थापन गरिसकेको छ । ” हामी हाम्रो लागि ” ले नेपाली चलचित्रको प्रदर्शन सम्बन्धमा , फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा , नेपाली गार्मेन्ट एवं ढाका , ह्याण्डीक्राफ्ट बिक्री तथा बजार व्य्वस्थापन र प्रबर्धन सम्बन्धमा काम गर्दै आएको छ । उक्त होली कार्यक्रमको पहल पनि हामी हाम्रो लागिले गरेको थियो जसमा  नेपाली विद्यार्थी संस्थाहरुको एक रूपता दिएका थिए ।  
होली मनाउन कै लागि सबै संस्था मिलेर विशेष टिसर्ट बनाएका थिए जसमा अगाडी भागमा नेपालको झण्डा अनि झण्डा भन्दा तल नेपालको संविधान २०७२ , शान्त र समृद्धि नेपालको आधार भनेर लेखेको थियो । बिभिन्न धर्म मान्नेहरु होली नमनाएता पनि उक्त कार्यक्रममा टिसर्ट लगाएर रमाएका थिए । टिसर्टको डिसाइन दिलिप खनालले गरेका थिए भने अन्य सबै प्रचार प्रसारका सामाग्रीहरुको डिसाइन रोहित नेपाल र प्रतिक न्यौपानेले गरेका थिए ।  कार्यक्रम दिउसोको १२ बजे देखि सुरु भएको थियो जसमा नाच , गान र विद्यार्थीहरु संगीतमा झूमेका थिए । कार्यक्रमको संचालन बादल बस्नेत र दीपेन्द्र उपाध्यायले गरेका थिए । कार्यक्रममा अमित थापा , प्रतिक्षा देवकोटा , कुमार मल्ल , सुरेन्द्र पाण्डे लगायतको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको प्रचार प्रसार पनि ब्यापक रूपमा भएको थियो जसमा आमोद के सी आधिकारिक मोडलको रुपमा उपस्थित थिए ।

कार्यक्रममा अहिले सम्म कै विद्यार्थीहरुको जनसागर ओर्लिएको थियो । लगभग २००० हाराहारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । डि जे काजि र डि जे आमोदले उक्त कार्यक्रमलाई संगीतमा झुमाएका थिए । कार्यक्रममा भारत भरिका विशेष अतिथि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस अघि २३ तारिकका दिन ” कबड्डी कबड्डी ” चलचित्रको विशेष च्यारिटी प्रदर्शन गरेको थियो । यसका साथसाथै उक्त दिन मुस्ताङ  कार्निवल रेस्टोरेन्टमा  विभिन्न नेपाली  खानाका परिकारहरुको समेत मज्जा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्