
उक्त कार्यक्रम प्रशिक्षकहरुलाई समेत प्रशिक्षण भएको आयोजकको भनाइ छ । ६ दिनसम्म संचालन भएको उक्त तालिममा तालिम लिएकाहरुलेतालिम पश्चात स्थानीय स्तरमा विभिन्न जिल्लाहरुमा बार्षिक २० लाख सम्म कारोबार भएका २० लाख देखि ५० लाख सम्म कारोबार भएका र ५० लाख देखि ४ अर्ब सम्म कारोबार हुने ब्यबसायसंग सम्बन्धित कर का विभिन्न पक्षहरु बारे तालिम प्रदान गर्ने बताइएको छ ।कार्यक्रमका प्रक्सिक्षक 2 कर विज्ञले स्थानीय स्तरमा दिइएको कर सम्बन्धि तालिमलाई निरीक्षण तथा मुल्यांकन गर्ने बताइएको छ ।
कार्यक्रम समापनमा आन्तरिक राजस्व विभागका तर्फबाट महानिर्देशक चुनामणि शर्मा र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले जिल्लामा तालिम संचालन गर्ने बारे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्