Skip to content

आइक्यानसँग यस्तो छ क्याप वान टपरहरुको गुनासो

आइक्यानले गत १४ अगष्टमा प्रकाशित गरेको गरेको नतिजामा उत्कृष्ट भएकी प्रियंका गुप्ताको छ महिने आइक्यान अनुभव खासै सन्तोषजनक भएन।  पोष्टल बुझाउँदा देखि  अन्य केहि कुरामा आइक्यानमा दु:ख  पाएको अनुभव छ उनीसँग । ‘ एउटा कम्प्युटर छ, कसले चलाउने ?’ आइक्यानको पुस्तकालयलाइ संकेत गर्दै उनले भनिन्।  आइक्यानमा केहि समस्या पाउनु भयो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन् ,’ समस्या त धेरै छन्।  कसैलाई भन्ने ? कसले सुन्छ र ?
 
बिकट दार्चुलाबाट आएका कैलाश जोशीको गुनासो उस्तै छ।  आइक्यानमा समन्वय  गर्नेहरु नहुँदा बुझाउन लागेको पोष्टल चार पटक सम्म फिर्ता ल्याएको तीतो अनुभव छ उनीसंग। ‘ पहिला पहिला केहि थाहा थिएन।  आइक्यानमा यसो गर भनेर सिकाउने  कोहि थिएन। ‘
 
यता क्याप वान  नतिजामा उत्कृष्ट १० मध्येकी एक निशा कार्कीको अनुभव पनि उस्तै छ।  आइक्यानमा रहेकी ‘ रिसेप्सन’ लाइ केहि सोध्दा पनि प्रतिक्रिया नआउने उनको अनुभव छ।  उनी भन्छिन्  , ‘ आइक्यानमा  बस्नुभएकाहरु आफैं के गर्नु पर्छ भन्नेमा ‘कन्फ्युज्ड’ छन्।
हामीले प्राइम सिएले  विद्यार्थी सम्मान कार्यक्रममा उनीहरुलाई आफ्नो आइक्यान अनुभवबारे सोधेका थियौं।  अधिकांसको अनुभव आइक्यानसंग तितो  भेटियो।

प्रतिक्रिया दिनुहोस्