नयाँ दिल्लीको सी.ए. नगरी लक्ष्मीनगरमा रही सी.ए. अध्ययन गरिरहेका साहित्यिक तथा क्रियाशील विद्यार्थीहरुको अनौपचारिक समूह “फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर” अर्थात् “फोकल” को यस मे महिनाको मासिक भेला तथा दोश्रो वार्सिकोत्सब कार्यक्रम आज चौथो आइतबार २२ मे २०१६ मा सफलताका साथ सम्पन्न भएको छ ।
प्राइम सी.ए.को हलमा सम्पन्न गरिएको उक्त मासिक भेला कार्यक्रममा साहित्य र कलाका विभिन्न क्षेत्रहरुमा अभिन्न रुची राख्ने सी.ए. विद्यार्थीहरुबाट गायन कला, साथै गीत, गजल, कविता, प्रस्तुत भएको थियो । सबै सहभागीहरुको प्रस्तुति प्रसशंनीय एवम् तारिफ योग्य रहेको थियो ।
प्रत्यक महिनाको तेश्रो आइतबार लेख, रचना बाचन सँगै छलफल गर्दै आएको उक्त कार्यक्रमले दुई बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सिए सरोकारका दिल्ली ब्यूरो प्रमुख ऋषिराम अधिकारी, प्राईम सिए दिल्लीका गोविन्द पोख्रेललाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो।
नेपाली दुताबासलाई पनि मायाको चिनो दिने कार्यक्रम रहे पनि बिशेष कारण बस कुनै पदाधिकारी उपस्थित हुने नसके पछि, दुताबासका कार्यबाहक राजदुत कृष्ण प्रसाद ढकाल र शैक्षिक तथा सांस्कृतिक बिभाग प्रमुख कृष्ण प्रसाद पन्तले फोकलको दोश्रो वार्षिकोत्सबको उपलक्ष्यमा शुभकामनको सन्देश पठाएका थिए।
आआफ्नो रचना बाचन पछि फोकलको दुई बर्षको अवधि कस्तो रह्यो , अहिलेका कमि कमजोरीहरु, सुधार्नु पर्ने पक्षहरुसाथै आगामी दिनमा कसरी आगाडी बढ्ने बारे पनि छलफल गरिएको थियो । कार्यक्रमको अन्तिम खण्ड पुस्तक आदान प्रदान खण्डमा सहभागीहरुले आफूसंग भएका कला र साहित्य सम्बन्धि पुस्तक आदान–प्रदान गरेका थिए ।
अनौपचारिक रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रमको सञ्चालन दिपेन्द्र उपाध्यायले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्