सिए शिक्षाका बारे विभिन्न पत्र पत्रिकामा भ्रमपूर्ण समाचार छापीइ रहेका छन् । यससँगै नयाँ पत्रिका, र अन्नपूर्ण पोष्टमा सिए सम्बन्धि भ्रामक समाचारहरु प्रकाशित भएका छन् । हामीले पत्रिका पढेर विद्यार्थीहरु नाझुक्कीउन् भन्ने उदेश्यले यी कुराहरुलाई सार्वजनिक गर्दै आएका छौं ।
बिगतका बर्षहरुमा पनि सिए सम्बन्धि विशेष सामाग्री छापीनै रहेको हिमाल खबर पत्रिकाले पनि केहि गलत कुरा लेखेको छ । हिमाल खबर पत्रिकाले विदेशमा पढेका सिएले नेपालमा काम गर्न २ बिषयको परिक्षा दिनुपर्ने र सो परिक्षा आइक्यान ले १ साउन २०७२ देखि लिंदै आएको लेखेको छ, जुन सरासर गलत छ । आइक्यानले सो मितिभन्दा धेरैअघि देखि यस्तो परिक्षा प्रणाली लागु गरेको हो ।
हिमालले २०७२ साउन १ बाट भन्दै जोड्न खोजेको प्रशङ्ग एक बर्षे तालिमको थियो जुन कुरामा हिमाल खबर पत्रिका चुकेको छ ।
यता आइक्यानका कर्मचारीलाई उदृत गर्दै हाल आइक्यानबाट सम्बन्धन प्राप्त ८ वटा कोचिङ सेन्टर छन् भनिएको छ । जवकी आइक्यानको वेव साइटमा १५ संस्थाको नाम छ । यसले सम्बन्धन नलिने तर लिएको भन्ने संस्थालाइ झुटको खेती गर्न अझ बढावा दिएको सरोकारवालाहरु बताउंछन् ।
हेर्नुहोस् हिमाल खबर पत्रिकामा लेखिएका भ्रामक तथ्यहरु :


प्रतिक्रिया दिनुहोस्