Skip to content

हातेमालोद्वारा लत्ता कपडा संकलन एवं वितरण कार्यक्रम सम्पन्न

हातेमालो नेपाली विद्यार्थी समूहले गत साता गरिब तथा विपन्न वर्गहरुका लागी लत्ता कपडा संकलन एवं वितरण कार्यक्रम सम्पन्न गरेको छ। “सेवा नै सबै भन्दा ठुलो धर्म हो” भन्ने मुल नाराका साथ लत्ता कपडा संकलनबाट सुरुवात गरिएको उक्त कार्यक्रममा लक्ष्मीनगरमा रही सी.ए अध्ययन गरीरहेका विद्यार्थीहरुको तथा दिल्लीको विभिन्न ठाँउमा रही अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरूको सहयोगी रहेको थियो ।

विशेषत: नोवेम्बेर देखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रुपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरुलाई रात कटाउन निकै नै असहज स्थिति सिर्जना गरी नकारात्मक असरहरु पैदा गर्ने गरेको छ। सोहि कुरालाई ध्यानमा राख्दै खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवार र तीनका बाल बच्चाहरुलाई राहत दिने उद्देश्यले हरेक वर्ष झैँ उक्त कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको संगठनका सचिव सन्देश रुपाखेतीले सिए सरोकारलाई बताए।

कार्यक्रमका संयोजक अनिश श्रेष्ठका अनुसार विभिन्न विद्यार्थी एवं सहयोगीबाट संकलन गरिएका ५७७ थान लत्ता कपडाहरुलाई हातेमालोका प्रतिनिधि साथीहरुले दिल्लीको कश्मिरी गेटको हनुमान मन्दिर परिसरमा ४२७ थान बाँडेका थिए भने १५० थान लत्ता कपडाहरुलाई लक्ष्मीनगर वर-परका ठाँउहरूमा वितरण गरिएको थियो।

हातेमालो नेपाली विद्यार्थी समूहले यस्ता खालका कार्यक्रमहरु गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्