
एक्यानमा यतिबेला चुनावी रन्को छ । आफुलाई जिताउनेदेखि अरुलाई पछार्नेसम्मको खेलमा चुनावी खेलाडीहरु लागि परेका छन् । सदश्यता नभएकाहरुलाई आफ्नै खर्चमा सदश्य बनाएर ‘एक छापे’ भोट हाल्न लगाउन कस्सिएका छन् उमेद्वारहरु । आइक्यानको चुनावमा लाखौँ खर्च गर्ने बानी बसेकाहरुले एक्यानमा पनि त्यहि प्रवृति भित्र्याएका छन् । दिनहुँजसो हुने ‘जाँडपार्टी’ र सदश्यता बढाउने बजेट निकाल्ने उमेद्वारहरुले एक्यानलाइ आर्थिक रुपमा बलियो बनाएका छन् ।
एक्यानको सदश्यता संख्या १००० नाघेको छ । चुनावी रन्कोका कारण पछिल्ल्ला ३ दिनमा मात्र २५० बढी सदस्यता वितरण गरिएको एक्यान स्रोतले सिए सरोकारलाइ जानकारी दिएको छ । यसबीच प्रति सदश्य २५०० को दरले लाखौँ रुपैयाँ समेत उठेको एक्यान स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस्