Skip to content

एक्यानको कार्यकारी समितिको सदस्यका लागि बिजयश्वर पौडेलको उमेद्वारी

एक्यानको निर्वाचनमा नेपाल बोर्डको उपस्थिति निकै नै कम्जोर रहने गरेको बिगतको अभ्यासलाइ चिर्दै यसपाली भने नेपाल बोर्डबाट उतिर्ण दुई सिएले कार्यकारी समितिको सदश्यका लागि उमेद्वारी  दिएका छन् । चितवनका सिए पौडेलले कार्यकारी समितिको सदस्यका लागि आफ्नो उमेद्वारी दर्ता गराइसकेका छन् ।  सन् २०११ मा सिए उतिर्ण गरेका पौडेल हाल प्राक्टिसमै छन् । हाल एल एण्ड बि एसोसीएट्समा कार्यरत सिए पौडेलले बिगतमा सीएससी एण्ड कम्पनीमा समेत काम गरेका थिए ।  
सीएससीका सिएहरुसँग राम्रो चिनजान हुनु उनको सबैभन्दा सबल पक्षको रुपमा लिईएको छ । नेपाल बोर्डको सेन्टिमेन्ट बटुल्न सकेको खण्डमा उनको सम्भावना बढ्नेमा दुइमत नहोला । यद्यपी उनका प्रतिष्पर्धीहरु पनि ‘एकसेएक’ भएकाले त्यसै भन्न सकिने अवस्था भने छैनन् ।
सिए पौडेल चुनावी प्रचार प्रसारमा लागिसकेका छन् ।     

प्रतिक्रिया दिनुहोस्